सुनीताको बर्थडे बालिका आश्रम र थारू बस्तीमा



गायिका, कलाकार तथा मोडल सुनीता गुरुङले यसपल्टको आप्नो जन्मदिन चितवन पुगेर त्यहाँको बालिका आश्रममा गएर मनाइन्। प्रजातन्त्र दिवसको दिन फागुन ७ गते जन्मदिन पर्ने सुनीताले यस अवसरमा गत शुक्रबार चितवनको देवघाट पुगी त्यहाँस्थित रामजानकी बालिका आश्रममा आप्नो जन्मदिन मनाएकी हुन्।

गुरुङले जन्मदिनको अवसरमा सो आश्रममा आश्रित बालिकाहरुका साथ पुजाआजा गरिन् र सबै बालिकालाई जनही ५ सय रुपियाँ दक्षिणा दिइन्। बालिकाहरुले उनको जन्मदिनका अवसरमा विभिन्न मन्त्र पाठ गरेका थिए भने भजन र नेपाली अंग्रेजी मिश्रित जन्मदिनको गीत गाएर सुनाएका थिए। बालिकाहरुले हार्मोनियम, तबला र मादल पनि आफैं बजाई भजन र गीत गाएर सुनाएका थिए।

यसअघि सुनीताले बिहीबार पश्चिम चितवनको मेघौली पुगेर त्यहाँको माझीबस्तीमा भिन्न ढंगले जन्मदिन मनाएकी थिइन्। उनले थारू कम्युनिटी होमस्टेमा बसी मध्यरातमा केक काटेर जन्म दिन मनाएकी हुन्। सो अवसरमा थारू कलाकारहरुको ठुलो समुहले थारू संस्कृतिका गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए। गायिका गुरुङले थोरै भए पनि पीछडिएको थारू जातीलाई सहयाग पुगोस् भनेर थारू बस्तीमा जन्मदिन मनाएको बताइन्। त्यसै गरी, बालिका आश्रममा जन्मदिन मनाउँदा अलौंकिक आनन्द महशुस गरेको उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्