वालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पूर्वी पाल्पामा वालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुर्बखोला गाउँपालिका वडा नं .४ छेबकुनमा रहेको बालुवा खानिमा काम गर्दै गर्दा ढिस्कोले पुरिएर दुइ युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पुर्बखोला गाउपालिका ४ बलीपोखरा बस्ने बर्ष १३ की पबित्रा सारु र सोही ठाउकी ३६ की माया देबी सिं रहेका छन । शनिवार दिउसो बालुवा खन्ने क्रममा अचानक माथीबाट बालुवाको ढिस्कोले पुरीन जादा पबित्रा सारुको घटना स्थलमा नै मृत्यु भएको र माया देबी सिंलाई उपचारको लागी स्थानिय मेडिकलमा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

यस विषयमा सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्