आगामी आवको बजेट तयारी शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।
आगामी आर्थिक वर्ष २०७८-७९ का निम्ति बजेटको तयारी शुरू भएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा आगामी आर्थिक वर्षका निम्ति बजेट तथा स्रोतको अनुमानसम्बन्धी छलफल शुरू भएको हो ।

चालू आर्थिक वर्षका निम्ति विनियोजित बजेटको अर्धवार्षिक समीक्षा सकिएपछि आगामी आर्थिक वर्षको बजेटसम्बन्धी तयारी शुरू भएको छ । १५औं योजनाले लिएको लक्ष्य, उद्देश्य र प्राथमिकताको आधारका साथै दिगो विकास लक्ष्य, २०३० को मार्गचित्र एवम् उच्च आर्थिक वृद्धिलाई मध्यनगर गर्दै राष्ट्रिय योजना आयोगले बजेट निर्माण गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । सरकारले बजेट संशोधन गर्दै चालू आर्थिक वर्षमा झण्डै एक खर्ब रुपियाँ घटाए पनि आमी आर्थिक वर्षमा भने तीन खर्ब रुपियाँभन्दा बढी बजेट बढाउनुपर्ने अनुमान गरिएको छ ।आयोगले आर्थिक वर्ष २०७८-७९ का निम्ति १६ खर्ब ९७ अर्ब ५७ करोड रुपियाँको बजेट आवश्यक पर्ने अनुमान गरेको छ । आगामी आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ ४ खर्ब ९२ अर्ब २५ करोड रुपियाँ र चालू खर्चतर्फ १० खर्ब ४ अर्ब ११ करोड रुपियाँ खर्च हुने अनुमान आयोगको छ । बजेटको स्रोततर्फ राजस्वबाट १० खर्ब ६५ अर्ब २१ करोड, वैदेशिक अनुदानबाट ६५ अर्ब, वैदेशिक ऋणबाट ३ खर्ब १५ अर्ब र २ खर्ब ५२ अर्ब आन्तरिक ऋण लिनुपर्ने प्रक्षेपण गरिएको छ ।

आयोगले आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति आय १३ सय ३७ अमेरिकी डलर र ९ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य निर्धारण गरेको छ ।राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८-७९ का निम्ति १६ खर्ब ९७ अर्ब ५७ करोड रुपियाँको बजेट आवश्यक पर्ने अनुमान गरेको छ । आगामी आवमा पुँजीगत खर्चतर्फ ४ खर्ब ९२ अर्ब २५ करोड रुपियाँ र चालू खर्चतर्फ १० खर्ब ४ अर्ब ११ करोड रुपियाँ खर्च हुने अनुमान आयोगको छ । बजेटको स्रोततर्फ राजस्वबाट १० खर्ब ६५ अर्ब २१ करोड, वैदेशिक अनुदानबाट ६५ अर्ब, वैदेशिक ऋणबाट ३ खर्ब १५ अर्ब र २ खर्ब ५२ अर्ब आन्तरिक ऋण लिनुपर्ने प्रक्षेपण छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्