बागलुङका सय पत्रकारले कोरोना खोप लगाए



सिर्जना पन्त, बागलुङ  ।

पहिलो चरणको दोस्रो प्राथमिकताको आधारमा आइतबारबाट लगाउन शुरु गरिएको कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तर्गत बागलुङका सय जना पत्रकारले खोप लगाएका छन् । जिल्लाका विभिन्न स्थानका सञ्चारमाध्यममा कार्यरत पत्रकार र सञ्चारकर्मीहरुले सोमबार, मंगलबार र बुधबार गरी खोप लगाएका हुन् ।
अग्रभागमा खटिएर काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी पछि अन्यलाई पनि प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप लगाउने क्रममा पहिलो चरणकै दोस्रो प्राथमिकतामा जिल्लाका पत्रकारहरुलाई पनि राखिएको थियो । बुधबारसम्म जिल्लामा पत्रकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षाकर्मी गरी कुल १ हजार ४ सय १५ जनालाई खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेलेका अनुसार सोमबार बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट बागलुङको पश्चिम क्षेत्रमा क्रियाशील ७ जना पत्रकार, मंगलबार धौलागिरि अस्पताल बागलुङ र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ४३ जना पत्रकार र बुधबार ५० गरी १ सय जना पत्रकारले खोप लगाएका हुन् । पहिलो चरणमा खोप लगाउन छुटेका तर प्राथमिकतामा रहेका सरकारी कार्यालय, सार्वजनिक स्थान तथा बैंकका कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मीलाई पनि खोप लगाइएको छ ।पहिलो चरणको दोस्रो प्राथमिकताको आधारमा सञ्चालित खोप कार्यक्रमको पहिलो दिन फागुन २ गते बागलुङका प्रमुख जिल्ला अधिकारीसहित ३५ जना महिला र १ सय १ सय ६५ पुरुष गरी २ सय जनालाई खोप लगाइएको थियो । दोस्रो दिन सोमबार धौलागिरि अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीलगायतका व्यक्ति १७ जना, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी ७५ जना, निजामती सेवाका कर्मचारी १ सय ३७, जनपद प्रहरी ९९, सशस्त्र प्रहरी ८, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी ४, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी ११, न्याय सेवा, समँहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) ३९ र पत्रकारहरू ७ जना गरी ३ सय ११ पुरुष र ८६ महिला गरी ३ सय ९७ जनालाई खोप लगाईएको थियो ।

त्यसैगरी मंगलबार धौलागिरि अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीलगायतका व्यक्ति १२ जना, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी ७७ जना, निजामती सेवाका कर्मचारी ३१, जनपद प्रहरी ८३, सशस्त्र प्रहरी १, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी १७, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी ३०, न्याय सेवा, समुहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) ९ र पत्रकारहरू ४३ जना गरी २ सय ३७ पुरुष र ६६ महिला गरी ३ सय ३ जनालाई खोप लगाइएको थियो ।बुधबार धौलागिरि अस्पतालमा १ सय ५५, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ६०, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा २ सय र कुस्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सय जनासहित पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायतका व्यक्ति २५ जना, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी १ सय ७ जना, निजामती सेवाका कर्मचारी ६७, जनपद प्रहरी ७३, सशस्त्र प्रहरी १, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी १ सय २३, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी ४९, न्याय सेवा, समुहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) २० र पत्रकारहरू ५० जना गरी ३ सय ३८ पुरुष र १ सय ७७ महिला गरी ५ सय १५ जनाले कोभिड १९ विरुद्घको खोप लगाइएको छ । यो सँगै जिल्लामा दोस्रो चरणमा प्राथमिकताको आधारमा खोप लगाउनेको संख्या १ हजार ४ सय १५ पुगेको छ ।

८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा ४ हजार जनालाई खोप लगाइने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ९ सय ६० डोज खोप जिल्लामा आइसकेको र बाँकी खोप बिहीबारसम्म आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्