थाहा विकास भवन नगरपालिकालाई



न्युज अफ नेपाल, हेटौंडा ।

थाहा नगरपालिका वडा नम्बर–६, बज्रबाराहीमा माधवराज सुुमार्गी कोषले निर्माण गरेको सामुदायिक थाहा विकास भवन थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । विपद् व्यबस्थापनमा उपयोगी तथा बहुउद्घेश्यीय प्रयोजनका लागि प्रभावकारी हुने भवन कोष अध्यक्ष अजेयराज सुमार्गीले थाहा नगर प्रमुख लवशेर बिष्टलाई हस्तान्तरण गर्नुभएको हो । भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य एवम् थाहा आन्दोलनका अभियन्ता रामनारायण बिडारीले व्यबसायी सुमार्गीले आफ्नो कमाइबाट सामाजिक कार्यमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा थाहा नगर प्रमुख बिष्टले कोषले थाहा सामुदायिक विकास भवन निर्माण गरी हस्तान्तरण गरेकोमा थाहा नगरबासी हर्षित बनेको बताउनुभयो । सामुदायिक भवनलाई नागरिकलाई आइपर्ने कुनै पनि विपद्को घडीमा प्रयोग गरिने प्रमुख बिष्टले बताउनुभयो । भवन हस्तान्तरण कार्यक्रममा कोष अध्यक्ष सुमार्गीले गुरु रुपचन्द्र बिष्टको प्रेरणाबाट सामाजिक कार्यमा लाग्ने उत्प्रेरणा प्राप्त भएको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवामा लागिपर्ने बताउनुभयो ।

सामुदायिक भवन निर्माण गरी हस्तान्तरण गरेको भन्दै माधवराज सुमार्गी स्मृति कोषलाई थाहा नगरका तर्फबाट कदरपत्र प्रदान गरिएको छ । कार्यक्रममा थाहानगर उपप्रमुख खड्गबहादुर गोपाली, जनता समाजवादी पार्टी (जसपा) प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगर–६ का अध्यक्ष शशिधर सुबेदीले व्यबसायी सुमार्गीको सामाजिक कार्यको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गी, रेडियो थाहासञ्चार ९९ दशमलव ६ एफ्एम् हेटौंडाको सञ्चालक संस्था विन्दबासिनी मिडिया प्रालि अध्यक्ष अस्मिता सुमार्गी, नेपाली कांग्रेस थाहा नगरका सभापति योगेन्द्रमान श्रेष्ठ, स्थानीय महिला समाजसेवी कल्पना बलामीलगायतको आतिथ्यता थियो ।

थाहा नगरपालिकाको विकासघरमा रेडियोको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन आइतबार ‘रुपचन्द्र बिष्ट र थाहा आन्दोलनको मर्म’ विषयक अन्तर्कृया भएको छ । कार्यक्रममा रेडियो सञ्चालक एवम् संरक्षक सुमार्गीले थाहा बृहत् र व्यापकरुपमा थाहा पाउनुपर्ने दर्शन भएकाले यसलाई बाहिरीरुपमा थाहा पाउनेमात्र भन्दा पनि भित्रबाट मनन् गर्नुपर्ने बताउनुभयो ।

व्यबसायी, समाजसेवी तथा रेडियो सञ्चालक अरुणराज सुमार्गीले थाहादर्शनबारे नयाँ पुस्ताले पनि अध्ययन र अनुसन्धान गर्नुपर्ने बताउनुभयो । रेडियो सञ्चालक संस्था विन्दवासिनी मिडिया प्रालि अध्यक्ष अस्मिता सुमार्र्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सांसद् बिडारीको प्रमुख आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्