नेप्सेमा सामान्य सुधार



काठमाडौं, (नेस) ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक भन सुधार भएको छ । यस दिन नेप्से ८ दशमलव ६६ अंकले बढेर २५४३ दशमलव शँन्य ३ बिन्दुमा पुगेको छ।

कुल १९१ कम्पनीको १ करोड ४९ लाख कित्ता शेयर ७ अर्ब ६४ करोड ९४ लाख रुपियाँमा कारोबार भएको छ । यस दिन कारोबारमा भएका १२ समँहमध्ये ५ समँहको परिसँचक बढे पनि बाँकी ७ समँहको परिसँचक घटेको छ। वित्त समँहको परिसँचक सबैभन्दा धेरै बढ्दा व्यापार समँहको परिसँचक भने सबैभन्दाले घटेको छ। कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अगाडि छ।

सो बैंकको ५२ करोड रुपियाँको कारोबार भएको छ त्यस्तै प्रभु बैंकको ४६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै यस दिन गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र आइसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, साधना लघुवित्त वित्तीयलगायतका कम्पनीको शेयर मँल्य भने घटेको छ।

प्रतिक्रिया दिनुहोस्