पोर्न फिल्म बनाउनेहरु पक्राउ



महाराष्ट्रको राजधानी मुम्बईमा संघर्षरत मोडल एवं अभिनेताका साथ पोर्न फिल्म निर्माण गरी सामाजिक सञ्जाल र वेबसाइटमा अपलोड गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको छ।

अमर उजालाको अनलाइन संस्करणले अपराध शाखाका सम्पत्ति सेलका अधिकारीले शहरको मलाड+मालवानी इलाकाको माढस्थित एक बंगलामा छापा मारी दुई पुरुष अभिनेता, लाइटम्यान, एक महिला फोटोग्राफर र एक ग्राफिक डिजाइनरलाई पक्राउ गरेको जनाएको छ। त्यतिखेर मोबाइलफोनबाट अश्लील फिल्म सुटिङ भइरहेको समाचारमा जनाइएको छ। त्यस समयमा एक महिलाको उद्धार गरिएको पनि समाचारपमा उल्लेख छ। प्रहरी अधिकारीका अनुसार महिलाले अश्लील फिल्म सुटिङ गरी इन्टरनेट तथा सामाजिक सञ्जालमा अपलोड गर्ने गरेको बताएकी छिन्।

घटनास्थलबाट ६ मोबाइलफोन, एक ल्यापटप, क्यामरासम्बन्धी उपकरण, मेमोरी कार्डलगायतका सामग्री जफत गरिएको समाचारमा उल्लेख गरिएको छ। यी सामग्रीको मूल्य ५.६८ लाख रुपियाँ पर्ने समाचारमा जनाइएको छ। प्रहरी अधिकारीले आरोपितविरुद्ध मालवानी प्रहरीले भारतीय दण्ड संहिता, सूचना प्रौद्योगिकी अधिनियम एवं स्त्री अशिष्ट रुपण प्रतिषेध अधिनियमसँग सम्बन्धित धाराअन्र्तगत उजुरी दर्ता गरिएको छ।

प्रतिक्रिया दिनुहोस्