नेपाल सहकारी बैंक दर्ता प्रक्रिया शुरू



काठमाडौं, (नेस) ।

प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ सञ्चालक समितिले सहकारी विभागमा फाइल पेस गरेको छ । फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो ।

प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पूरा गरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिष्ट्रार टोकराज पाण्डेलाई हस्तान्तरण गर्नुभयो । फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘विधिबत रुपमा फाइल बुझेका छौं,अपुग भएमा फेरि कागजात मागेर प्रक्रिया थाल्नेछांै । उहाँले दर्ता प्रक्रियामा विभागले सहयोग गर्ने बताउनुभएको थियो ।

बैंक दर्ताको लागि ५ सय १ फाइल आवश्यकपर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेस गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए ।बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यकपर्नेमा ८ अब पुँजी तयार भएको प्रस्ताबित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी गराउनुभयो । उहाँले बिधिवत रुपमा बंैक दर्ता प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । भन्नुभयो–‘विभागले फाइल अध्ययन गरी प्रक्रिया शुरू गर्नेछ । बैंक दर्ताको लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ । ऐनअनुसार बैंकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ ।

माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पूर्ण प्रक्रिया पूरा गरी दर्ता प्रक्रिया अघि बढाएको थियो । भेला लगत्तै ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ ।प्रस्ताबित बैंकका अध्यक्ष भण्डारीले अब बैंक सञ्चालन प्रक्रिया अघि बढिसकेको प्रतिक्रिया दिनुभयो । देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैंकदर्तासँगै राष्ट्रिय सहकारी बैकको एकाधिकार तोडिने बताउनुभयो । विभागले स्वीकृत दिए लगत्तै राष्ट्र बैंकले सहकारी क्षेत्र समेट्ने गरी दोस्रो सहकारी बैंक स्थापना हुनेछ ।दर्ता प्रक्रिया अघि बढाउन सबै सञ्चालक विभाग पुगेका थिए । प्रस्ताबित बैंकको बैठकले बिहीबार २५ सदस्यीय सञ्चालक र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको थियो ।

दर्ता प्रक्रिया पूरा गर्न फाइलसहित विभाग पुग्नु भएका बैंकका अध्यक्ष भण्डारीले राष्ट्रिय सहकारी बैकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैकको ऐनमा सहकारी बैंकसम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठूलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैंकको आवश्यकता महशुस गरी दर्ता गरेको जानकारी दिनुभयो ।उहाँले प्रक्रिया शुरु भइसकेको अवस्थामा यस्लाई अन्य कसैले रोक्न नसक्ने उल्लेख गर्दै भन्नुभयो–‘ दर्ता प्रक्रिया शुरु भयो, अब कसैले रोक्न सक्दैन ।’ उहाँले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैंक दर्ता प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो ।

भन्नुभयो–‘करिब एक वर्ष अघिदेखि प्रक्रिया शुरु गरेका थियां अब दर्ता प्रकृया शुरु गर्नेछौ । उहाँले प्रारम्भिक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्था का एक हजारभन्दा बढी सदस्य संस्थाको फाइल विभागमा बुझाइएको जानकारी गराउनुभयो । प्रस्ताबित बंैकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोदकुमार दत्त, भक्तपुरबाट विदुरमान सिंह बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट नवराज पौडेल, स्याङ्जाबाट केशवप्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गीता सिग्देल दाहाल सदस्यमा चयन हुनुभएको छ ।

काठमाडौंबाट शम्भुप्रसाद घिमिरे, राममानसिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलीप पौडेल सदस्य रहनुभएको छ ।यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, शरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गर्नुभएको छ । भेलाले काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्