काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा तथा क्यानेडियन डलरको खरिददर १०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा कायम भएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटबाट लिन सकिनेछ।








तपाईंको विचार लेख्नुहोस्