टाइटानिकको सफलताबाट खुसी थिइनन् केट



सन् १९९७ मा रिलिज भएको विश्वको सबैभन्दा ठूलो र सुन्दर जहाज टाइटनिकका बारेमा बनेको फिल्म टाइटनिकले विश्वभर निकै चर्चा बटुलेको छ। फिल्मसँगै यसका कलाकारले पनि मानिसहरुबाट निकै माया बटुलेका थिए। फिल्ममा अभिनेत्री केट विन्सलेन्ट र अभिनेता लियोनाडरे डि क्याप्रियेको केमिस्ट्रीलाई निकै रुचाइएको थियो भने फिल्मले उनीहरु दुवैको फरक पहिचान निर्माण गरेको थियो।

हालै यही फिल्मकी अभिनेत्री केटले आफ्नो फिल्मी जीवनको कुराकानीका क्रममा अचम्मको खुलासा गरेकी छिन्। उनले टाइटनिकको वैश्विक सफलतापछि आफ्नो व्यक्तिगत जीवनमा निकै प्रभाव पारेका कारण फिल्मको सफलताका कारण आफूले हैरानीको सामना गर्नुपरेको र आफू फिल्मपछि दुःखी भएको बताएकी छिन्।

‘फिल्मको सफलतापछि म सेल्फ प्रोटेक्टिभ मोडमा गएको थिएँ। मेरो रात तथा दिन उस्तै गरी बित्थ्यो। म आफ्नो बोरेमा धेरै कुरा सोचेर आफैंप्रति सन्देह मानिरहेको थिएँ। उक्त समय मेरो निकै आलोचना भयो भने ब्रिटिस प्रेसले मप्रति निकै क्रूर व्यवहार ग-यो।’ –उनले भनेकी छिन्।

केटले टाइटनिकपछि आफूले अचानक सफलताको असर बुझेको जनाउँदै भनेकी छिन्– ‘यदि इमानदारीका साथ भन्नुपर्दा म उक्त फिल्मको सफलतापछि खुसी थिइनँ। तर, मैले अचानक सफल हुँदा कस्तो हुँदोरहेछ भन्ने महसुस गरें। यदि सफलता भनेको त्यस्तै थियो भने म त्यस्तो सफलताका लागि तयार थिइनँ। त्यसपछिका दिनहरुमा पनि म अर्को फिल्ममा काम गरेर हैरानी व्यहोर्न चाहन्न भन्ने सोच्थें।’ –उनले भनेकी छिन्। जेम्स क्यामरुनको निर्देशनमा बनेको फिल्मबाट केट रातारात सुपरस्टार बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्