ब्रोकर लाईसेन्स खुलाउन शेयर लगानीकर्ता फोरमको सरकारसँग माग



यमलाल भुसाल ,बुटवल । बुटवल केन्द्रियकार्यालय रहेको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शेयर बजार विकास र विस्तार सम्बन्धीमाग राखेका छन् ।

मंगलवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा प्रदेश ५शेयर लगानी कर्ता फोरमले अर्थमन्त्रीलाई भेटी वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु पर्ने, प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउने पर्ने, धितो पत्रबोर्ड र नेप्सेलाई प्रदेश स्तरमा पनि उपस्थिती गराउनु पर्ने, पूर्ण स्वचालित अनलाईन कारोवार प्रणालीको निर्माण, समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई कारवाही र लिलामी शेयर खरिद गर्नको लागि अनलाईन प्रणालीको निर्माण गर्न माग राखेको छ ।

त्यस्तै फोरमले अर्थमन्त्री विष्णु पौडेलको कार्याकालमा शेयर बजारले ऐतिहासिक रेकर्ड बनाउदै गएकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि शेयर बजार विकासका लागि शुभकामना दिएको छ।कार्यक्रममा सहभागीप्रदेश ५ शेयर लगानीकर्ता फोरमकाअध्यक्ष कमल तिवारीकाअनुसार कार्यक्रममा फोरमले उठाएका मागप्रति अर्थमन्त्री सकारात्मक रहनु भएको छ।माग सहित कार्यक्रममा प्रदेश ५ शेयर लगानीकर्ता फोरमका तर्फबाट अध्यक्ष तिवारी, गोपी राज भुसाल र दिनेश गैरेको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्