फिल्म रङ्ग्याउने फागो

188
Shares

एउटा फिल्म सुन्दर देखिनका लागि रंग संयोजनको भूमिका त्यत्तिकै महत्वपूर्ण हुन्छ, जति कलाकारले गर्ने अभिनय र अन्य प्राविधिकले गर्ने प्राविधिक कार्यको हुने गर्दछ। प्राविधिक विधातर्फको यो काम निकै जटिल र जोखिम पनि हुन्छ।

युवा कलरिस्ट रेनिश फागो नेपाली फिल्मको क्षेत्रमा रंग संयोजनमा छाएको एउटा नाम हो। रेनिशले हालसम्म झन्डै पाँच दर्जनभन्दा बढी फिल्म रंग्याइसकेका छन्।
नेपाली फिल्ममा नयाँ शैलीको कलर ग्रेडिङ भित्र्याएका रेनिश अहिलेका मह“गा कलरिस्ट पनि हुन्।

फिल्म क्षेत्रमा काम गरेर आप्mनो विशेष कार्य क्षमता प्रदर्शन गरी दर्जनौं फिल्मकर्मीबाट रुचाइएका फिल्म कलरिस्ट बनेका उनी परम्परागत नेपाली फिल्मलाई आधुनिक विधिसहित पस्कन खप्पिस ठहरिएका छन्। रेनिश कलर ग्रेडिङका कुशल प्रशिक्षक पनि हुन्।

आकाश अधिकारी निर्देशित फिल्म काठमाडौंबाट फिल्मको कलर ग्रेडिङको काम शुरु गरेका रेनिशले कलर ग्रेडिङमा काठमाडौंको जमलमा रहेको पेन्टा सप्mटबाटबाट ४ वर्षको मल्टिमिडियाको डिप्लोमा कोर्स पूरा गरेका छन्।

यहाँको पढाइ पूरा गरेपछि उनले राजधानीको महाराजगन्जमा रहेको किन्डल सिने स्टुडियो (रेड स्टुडियो) मा तीन भारतीय कलरिस्टसँग कलर ग्रेडिङका विषयमा थप शिक्षा लिए।

रेनिश आफू नेपाली फिल्ममा हलिउड र बलिउडको फ्लेभरको कलर ग्रेडिङ गर्न सक्ने बताउँछन्। ‘फिल्म सम्पादन भइसकेपछि त्यो हेरेर कुन दृश्यमा कस्तो रंग प्रयोग गर्ने भन्ने सोच बनाइन्छु रेनिश भन्छन्– ‘फिल्ममा प्रयोग हुने रंगले फिल्मलाई न्याय गरोस् भन्ने चाहन्छु। भावअनुसार रंग संयोजन गर्न सकिएन भने फिल्मको कथा मर्छ।’

रेनिशले रंग संयोजन गरेका फिल्महरु काली, प्रेमगीत, कोहिनुर, प्रेमगीत–२, कान्छी, मेला, डमरुको डण्डीबियो, छिरिङ, समर लभ र यात्राले राम्रो तारिफ पनि पाएका छन्। सानैदेखि स्केच गर्न सिपालु उनलाई त्यही बेलादेखि नै फिल्ममा केही गर्ने योजना थियो।

रंग संयोजनमार्फत् फिल्मी करियरको तर्फको उनको यात्रा त्यसैको परिणाम हो। उनले दर्जनौं फिल्मबाहेक दर्जनौं म्युजिक भिडियो र डकुमेन्ट्रीमा समेत आफ्नो रंगकला देखाउँदै आएका छन्।