म्यानमारकी नेतृ आङ साङ सुकी सेनाकाे हिरासतमा



काठमाडौँ ।

म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो ।

गत नोभेम्बरमा भएको चुनावमा ९एनएलडी०ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ । सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

यस्तै पार्टी प्रवक्ता म्यो न्यूनका अनुसार सू चीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको हो । ‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,’ उनले भने । उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए ।

प्रतिक्रिया दिनुहोस्