शहिद दिवसको दिन पुरस्कार वितरण सम्पन्न

188
Shares

हिमाल जि.सी., काठमाडौँ ।

कोरोना महामारीको सन्त्रासका बीच हरेक वर्षजस्तै यस वर्ष पनि ट्रिनिटी इन्टरनेशनल कलेजले “अधिराज्यव्यापी इन्टर कलेज कविता प्रतियोगिता” सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितामा उपत्यकाबाट १७ वटा र उपत्यका बाहिर झापा, पोखरा, वुटवल, चितवनका गरी ६ वटा कलेजको सहभागिता रहेको थियो । जुम प्रविधिबाट गत पुस २५ गते सम्पन्न प्रतियोगितामा अङ्गेजी कवितातर्फ सेन्ट जेभियर स्कुलका छात्र काश्यपराज श्रेष्ठ प्रथम भएका थिए ।

बुढानीलकण्ठ र जेम्स इन्टरनेशनल स्कुलका छात्रा एशस्वी सुवेदी र स्कुलका इन्विजा भट्ट दोस्रो भएका थिए । त्यसैगरी क्रिष्ट कलेज र सैनिक आवासीय विद्यालयका छात्रा प्रशंसा ढुङ्गाना र एकता श्रेष्ठ तेस्रो भएका थिए । नेपाली कवितातर्फ वीरेन्द्र मा.वि.चन्द्रगढी, झापाका छात्र अर्जुन राजवंशी प्रथम भएका थिए भने ट्रिनिटी इन्टरनेशनल कलेजका छात्र नसिब धिताल र एसोएस हर्मन स्कुलका छात्र आशिम ढुङ्गाना दोस्रो भएका थिए ।

त्यसैगरी पोखरा सेकेन्डरी स्कुलकी छात्रा कृतिका त्रिपाठीले तेस्रो भएकी थिइन् ।
प्रा.डा. कृष्णप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कविता प्रतियोगितामा कवि श्रीधर पौडेल प्रमुख अतिथी रहेका थिए भने सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागी विशेष अतिथी, वरिष्ठ साहित्यकार बलबहादुर कार्की, कवि तथा लेखक सरिता भट्टराई र बल बहादुर थापाको उपस्थितिमा सम्पन्न अधिराज्यव्यापी कविता प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई भौतिक रूपमा उपस्थिति गराई पुरस्कार वितरण गरिएको थियो ।