भुम्लु गाउँपालिकाले सोध्यो : ‘कर चुक्ता प्रमाणपत्र पेश नगरेको कारण बोलपत्र रद्ध गर्नुपर्ने अनिवार्य हो ?’



न्युज अफ नेपाल, काभ्रे ।

ठेक्का सुचनामा उल्लेखित पहिलो शर्तनै उलंघन गरि भुम्लु गाउपालिले आमथली बगरको ठेक्का करचुक्ता प्रमाणपत्र नभएको विएण्ड सन्स बालुवा तथा रोडा प्रालिलाई दिन लागेपछि प्रतिस्पर्धि कम्पनीका साथै स्थानीयले समेत विरोध गर्न थालेका छन् ।

नदिजन्य पदार्थको विक्रिका लागि आव्हान भएको बोलपत्र अनुसार यहि माघ २ गते खोलिएको ४ नम्बरको अपथलि बगरको टेण्डरमा गाउपालिकाले आवश्यक कागजात नपुगेको वि.एण्ड सन्स बालुवा तथा रोडा प्रालिलाइ पहिलो नम्बरमा राखेपछि विवाद उत्पन्न भएको थियो । विवादले चर्को रुप लिए संगै गाउपालिकाले सार्वजनीक खरिद अनुगमन कार्यालय ताहचल संग राय सुझाव समेत मागेको छ ।

सार्वजनीक खरिद अनुगमन कार्यालय संग गाउपालिकाले आव २०७६/७७ को करचुत्ता प्रमाणपत्र पेश नगरेको कारण वोलपत्र रद्व गर्नुपर्ने अनिवार्य हो होईन भनि प्रमुख प्रशासकीय अधिकृत मदन कुमर वजगाईले पत्र पठाउउनु भएको छ ।

टेण्डर आव्हान गर्दा गाउपालिकाले राखेको पहिलो शर्तमा भनिएको छ– २०७६/७७ को करचुत्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समावेश हुनुपर्छ । गाउपालिकाले ठेक्का दिन पहिलो नम्बरमा राखेको कम्पनी  वि.एण्ड सन्स बालुवा तथा रोडा प्रालिले भनि २०७५/७६ को करचुत्ता प्रमाणपत्र र यस पछि पुस मसान्त सम्मको लागि म्याद थपको प्रमाणपत्र मात्र पेश गरेको छ ।

कर चुत्ता नभएको तथा म्याद थपको हकमा आएकर ऐन २०५८ बमोजिम पौष मसन्त पछि वैधता नरहने भएकोले सार्वजनीक खरिद ऐन २०६३ अन्तर्गत गाउपालिकाले प्रथम स्थानमा रहेको कम्पनी तथा फर्मलाई टेण्डर दिन मिल्छ की मिल्दैन मुख्य विवाद यहि रहेको जनाइएको छ ।

माघ २ गते टेण्डर खोलेपछि पुस मसान्त सम्मको म्याद थपको कागजात पेश गर्ने कम्पनीलाई प्रतिस्पर्धाबाट हटाउनु पर्ने भन्दै सोहि टेण्डरमा सहभागि ईरो कन्ट्रक्सन प्रालिले जनाएको छ ।

नदिजन्य पदार्थको विक्रिका लागि बोलपत्र दाखिला गर्ने कम्पनि मध्य सबैभन्दा बढी भ्याट १ करोड ८० लाख कबुलेको गतिशिल कम्पनीको बैक ग्यारेन्टी नभएको भन्दै प्रतिस्पर्धामा राखिएन ।

करचक्ता नभएको वि.एण्ड सन्स बालुवा तथा रोडा प्रालिलाइ बोलकबोल रकम १ करोड ७६ लाख १ हजार ५ सय ५ रुपैया बढी भएको मानि कागजात सच्चाई सिफारिस गर्ने हो भने बैक ग्यारेन्टी नभएको फर्म गतिशिललाई किन सिफारिस नगरेको भन्दै अहिले विरोध भैरहेको छ ।

आफुभन्दा अगाडी रहेका कम्पनीहरुमध्य केहिको बैक ग्यारेन्टी नभएको तथा वि.एण्ड सन्स बालुवा तथा रोडा प्रालिको करचुक्ता प्रमाणपत्र नभएकोले आफुले सो ठेक्का आफुले पाउनुपर्ने भन्दै १ करोड ५७ लाख ३२ हजार ५ सय ४६ बोलकबोल गरेको ईरो कन्ट्रक्सन प्रालिले गाउपालिकामा दावी पेश गरेको छ ।

बोलपत्र खोल्ने मितिमा सम्पुर्ण आवश्यक कगजात निरिक्षण गर्न चेकलिष्ट तयार नगरि आफन्तलाई टेण्डर पार्न बोलकबोल मुल्यलाईमात्र मान्यता दिई अयोग्य फर्मलाई सिफारिस गर्ने नियत गाउपालिकाको देखिएको भन्दै स्थानियले समेत विरोध गर्न थालेका छन् ।

यो ठेक्कामा उत्पन्न विवादबारे भुम्लु गाउपालिका १० का देवेन्द्र श्रेष्ठ भन्छन– बोलपत्र सुचनाको शर्तको पालना नगरि दर्ता भएको फर्मलाई नै गाउपालिकाले सिफारिस गर्नुले शंका उत्पन्न भएको छ र यसको छानविन हुनुपर्छ ।

बालुवा उत्पादनको लागि गाउपालिकाले गत मंसिरको अन्तिममा टेण्डर आव्हान गरेको थियो । नौ वटा बगरमा बालुवा उत्खन गर्न आव्हान गरिएको उक्त टेण्डरको दुईवटा बगरको टेण्डरमा विवाद आएको हो । यसमध्य टेण्डर नम्बर ४ को आपथलि वगरको टेण्डर विवादमा आएको हो ।

गतसाल पनि भुम्लु गाउपालिकाले टेण्डर आव्हान गर्नुपर्ने समयमा नगरि ६ महिना सम्म गाउपालिकाले नै राजस्व संकलन गरेको र उक्त समयमा राजस्व संकलनको विलपनि प्रयोग नगरि रकम असुलेको भन्दै अख्चियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्