शर्मिलाले बलिउडमै पहिलोपटक बिकनी फोटोशुट गराएपछि …



अहिले बलिउड अभिनेत्रीहरुको बिकनी फोटोशुट सामान्य भइसकेको छ। सेलिब्रेटी मात्र नभई आम युवतीहरु पनि बिकनीमा मज्जैले खुल्ने गर्छन्। तर बलिउडमा बिकनी फोटोशुटका लागि हिम्मत देखाउने पहिलो अभिनेत्री हुन शर्मिला ट्यागोर। शर्मिलाको बिकनी फोटोशुट सन् १९६६ मा फिल्मफेयर म्यागेजिनको कभरमा छापिएको थियो, जुन फोटोशुटले त्यति बेला फिल्म उद्योगमा नै तरंग ल्याएको थियो।

शर्मिलाले हालै फिल्मफेयर म्यागेजिनसँगको कुराकानीको क्रममा आफ्नो बिकनी फोटोशुटको अनुभव शेयर गरेकी छिन्। उनले भनेकी छिन् ‘मलाई उक्त समय बिकनी फोटोशुट गराउँदा कुनै पनि झन्झट वा अप्ठेरो महसुस भएन, जबकि त्यो बेला हाम्रो समाज निकै रुढीवादी थियो।

मलाई अझै याद छ कि उक्त फोटोशुट मैले विवाहको केही दिनअघि गराएको थिएँ। जब मैले टु पिस बिकनी फोटोग्राफरलँई देखाएँ, तब उनी मलाई सोधिरहेका थिए के तपाईं तयार हुनुहुन्छ ?

मैले बिकनीमा फोटोशुट गराइरहँदा फोटोग्राफरले पटकपटक मलाई हातले शरीर छोप्न आग्रह गरिरहेका थिए। मलाई फोटो खिच्दा कुनै लाज वा झन्झट लागेको थिएन। मलाई भन्दा बढी चिन्ता ती फोटोग्राफरलाई थियो।’ शर्मिलाले बिकनी फोटोशुटमा आफूले सहज महसुस गरे पनि फोटो फिल्म फेयरको कभरमा आएपछि भने आलोचनाको सामना गर्नुपरेको बताएकी छिन्।

‘उक्त फोटो बाहिर आएपछि मानिसहरुले मेरो निकै आलोचना गरे। उनीहरुलाई मेरो फोटो किन मन परेन मलाई थाहा छैन। तर मलाई लाग्थ्यो उक्त फोटोमा म राम्री देखिएकी थिएँ। मलाई लाग्छ म त्यो बेला आफूलाई प्रदर्शित गर्न चाहन्थें, किनभने त्यति बेला म जवान थिएँ र केही फरक काम गर्न चाहन्थें।

केही मानिसले मलाई चर्चामा आउनका लागि गरेको हर्कत पनि भने जुन कुराले मलाई नराम्राे लाग्यो।’ ६०/७० को दशकमा धेरै सुपरहिट फिल्ममा काम गरेकी शर्मिलाले क्रिकेटर मन्सुर अलि खान पटौदीका साथ विवाह गरेकी थिइन्। उनीहरुको तीन छोराछोरी सेफ अलि खान, सोहा अलि खान तथा सबा अलि खान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्