सुन्तलाबाट सौन्दर्यता बनाउने तालीम



भूपराज बस्याल, स्याङ्जा ।

सुन्तलामा उत्पादनमा चर्चा पाएको स्याङ्जा जिल्लामा सुन्तलाबाट विभिन्न परिकार बनाउन सकिने बहस सुरु भएसंगै यसको उपयोगिताका बारेमा जानकारी गराउन विभिन्न कार्यक्रमहरु संचालनमा आएका छन् । सुन्तला खाएर फालिने बोक्राबाट फेस प्यक (सौन्र्दर्य सामग्री) चिया लगायतका बिभिन्न सामाग्री बनाउने तालिम स्याङ्जामा माघ ७ गतेदेखि सुरु भएपछि जिल्लामा सुन्तलाबाट बन्ने परिकारको थप बहस सुरु भएको हो ।

उक्त तालीमलाई सम्बोधन गर्दै जिल्लामा सुन्तला सम्बन्धि काम गर्दै आएको सरकारी निकाय सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले सुन्तलाका बोक्राबाट पनि विभिन्न परिकार बनाउन सकिन्छ भन्ने अलिअलि जानकारी भएपनि पुर्णरूपमा जानकारी नभएको भन्दै सुन्तलाबाट बन्ने विभिन्न परिकारको तालीम जिल्लाको लागी निकै उपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सुन्तलाको उत्पादन वृद्धि र प्रसोधनमा मात्रै ध्यान दिएका थियौ अब सुपजोनले पनि छिट्टैनै यस्ता कार्यक्रम संचालन गर्ने छ ।”

कार्यक्रममा बोल्दै उहाँले सुन्तलाको पुर्ण उपयोगिताको बिसयमा जिल्लामा ठुलै कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अहिलेसम्म यस्तो तालीमको बिसयमा जिल्लामा कतैबाट पनि माग नआएको हुँदा यस्ता कार्यक्रम तिर जोनको ध्यान पुग्न नसकेको उहाँको तर्क थियो ।

पुतलीबजार नगरपालिका र युएनडिपिको सहयोग तथा सुर्यदय क्लबको ब्यबस्थापन माघ ७ गतेदेखि तीन दिनसम्म संचालन भएको तालीम “कोभिड १९ उद्घार सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गतको रहेको क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठको भनाइ थियो । पुतलीबजार नगरपालिका विभिन्न वडाबाट १७ जना सहभागी रहेको तालीममा सुन्तला बोक्राबाट चिया, बोक्रा र भित्र भागबाट मार्वलेट, बोक्रा बाट फेस प्यक (सौन्र्दर्य सामग्री), जुस, स्ववायस (सर्वत) बनाउन सिकाइएको प्रशिक्षक बिष्णु प्रसाद श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्