विश्वकै सबैभन्दा सुन्दर मुहारकी महिलाको गुनासा



जेरुसेलम, (एजेन्सी)

हालै सन् २०२०का लागि वर्षको विश्वकै सबैभन्दा एक सय सुन्दर अनुहार भएका महिलाको सूचीको शीर्षस्थ स्थानमा रहन सफल १९ वर्षीया इजरायली याएल सेल्भियाले आफूले सामाजिक सञ्जालबाट घृणा पाएको बारे खुलासा गरेकी छन् । मोडेल तथा अभिनेत्री उनले टीसी क्यान्डलर्सको सो वार्षिक सूचीमा सफलता पाएकी छन् ।

केही वर्षअघि एक ६ वर्षीया बालिकाले सफलता हासिल गरेपछि एक्कासि यो वार्षिक प्रतियोगिता विश्वभरि भाइरल भएको थियो । प्रतियोगिता जिते पनि सामाजिक सञ्जालमा आफूविरुद्ध भएका नकारात्मक टिका टिप्पणीका कारण उनको खुसी अवरुद्ध हुन पुगेको छ ।

इन्स्टाग्राममा उनका तस्वीर र भिडियोले चार हजारभन्दा बढी प्रतिक्रिया प्राप्त गरेका थिए । उनले आफूले सफलता पाउ“दा विश्वासै नलागेको पनि बताएकी छन् । उनले एक सुन्दर व्यक्ति शिष्ट, दयालु तथा सकारात्मक सोचाइका धनी हुनुपर्ने विचार पोखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्