कविता



  • बैकुण्ठ दाहाल

यता

रोग शोक र भोकले ग्रस्त
जनता पुषको कठ्याङ्रिदो ठण्डीले
ठिङ्रिएर ज्यान गुमाउँदै छन्
बस्ती बस्तीमा ।

उता

सत्ताको उन्मादले
मत्ता भएर एउटा साँढे
बालुवाटारबाट डुक्रिरहेछ
फुक्लिएको सिङले
सिङ्गौरी खेल्दै ।

झन् उता

सत्ता र भत्ताको भागबण्डा नमिलेर
एउटा झुण्ड भुस्याहा लुते कुकुर
गल्लीमा भुके जसै
गल्ली गल्लीमा भौतारिई रहेछ
बिचराको भुकाई साढेले
सुन्ने छाँट देखिदैन ।

 

प्रतिक्रिया दिनुहोस्