नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २९ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २९ जनाको मृत्यु भएको छ । मृत्यु भएका आधिकांस मानिस ७५ वर्ष उमेरका ज्येष्ठ नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या २९ पुगेको हो । मृत्यु भएका उनीहरुलाई अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्तरुपमा विकास गरेको खोप लगाइएको थियो । खोप लगाइएसँगै उनीहरुमा साइड इफेक्ट देखिएको हो । उनीहरुलाई ज्वरोआउनुका साथसाथै बान्ता हुने एलर्जी आउने जस्ता लक्षण देखिएको थियो ।

नर्वे लगायत युरोपेली मुलुकमा फाइजरको खोपलाई आपतकालिन प्रयोगमा अनुमति दिइएको छ भने खोप कार्यक्रम पनि चलिरहेको छ । नर्वेमा अहिले सम्म ४२ हजार बढीलाई फाइजर खोपको पहिलो डोज दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्