ट्रम्पका समर्थकद्वारा अमेरिकाको क्यापिटल भवनमा आक्रमण, चारजना मारिए (भिडियोसहित)



वासिंगटन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शसस्त्र समर्थकहरु जवर्जस्ती क्यापिटल भवनमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मिसंग भएको भिडन्तमा चार जना व्यक्तिको ज्यान गएको स्थानिय संचार माध्यमले जनाएको छ । एकजना अपरिचित महिलाको प्रहरीको गोली लागेर मृतयु भएको पुष्टि भइसकेको छ भने अन्य तीनजनाको पनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

डेमोक्रेटिक जाय बाइडेनले नोभेम्वरमा सम्पन्न राष्ट्रपतिय चुनाव जितेको औपचारिक घोषणाका लागि बोलाइएको कंग्रेसको बैठक यस हिंसात्मक घटनाको कारण आकस्मिक रुपमा रोकिएको छ भने अर्को बैठक बोलाइने भएको छ ।

केहि रिपबिलकनहरुले केहि राज्यमा चुनावी नतिजा उल्टाउने असफल प्रयासहरु गरेका थिए । ट्रम्पले आफ्ना आक्रामक समर्थकहरुलाई घर फर्कन आग्रह गरेतापनि चुनावमा धाँधली भएको आरोप भने पुन दोहराएका छन् । यस अघि डेमोक्रेटहरुले जर्जियामा भएक पुन निर्वाचनमा दुईवटा सिनेटर सिट जितेपछि सिनेट बाइडेनको पकडमा गइसकेको छ । राफेल वार्नक् र जोन ओस्सोफले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीलाई चुनावमा हराएका हुन् ।

वासिंगटन डिसिको यस अप्रत्यासित घटनालाई विश्वभरिको संचार माध्यमले निकै प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

करिव २५ देखि ३५ हजार ट्रम्प समर्थहरु अवरोध पन्छाउँदै तथा भर्‍याङ प्रयोग गर्दै क्यापिटल भवन छिर्ने खोजेका हुन् । त्यहाँ तैनाथ प्रहरीलाई आक्रमण गर्दै तिनीहरु जवर्जस्ती झ्याल ढोका फोर्दै भित्र प्रवेश गर्न खोजेका हुन् । त्यतिवेला कंग्रैसका दुवै च्याम्बरमा एरिजोनाको इलेक्ट्रोल कलेज मतलाई मान्यता दिने कि नदिने भन्नेबारे गरमागरम बहश गरिरहेका थिए ।

अचानक भएको यस हमलाको कारण सन्त्रसित विधायकहरु ज्यान जोगाउन यताउता भागाभाग गरेका थिए । तर प्रदर्शनकारीहरु आफुहरुलाई राष्ट्रपति ट्रम्पले त्यहाँ बोलाएको हुनाले त्यहाँबाट नहट्ने भन्दै चिच्याइरहेका थिए ।

त्यहाँ थुप्रै पटक गोली चलेको सुनिएको र छातीमा प्रहरीले चलाएको गोली लागेर एस्ली ब्याबिट नामक महिलाको ज्यान गएको सिएनएनले जनाएको छ । वासिंगटन प्रहरी प्रमुख पिटर न्युजह्यामले प्रदर्शनकारीले प्रहरीमाथि रसयानिक पदार्थले हमला गरेको तथा घटनामा अन्य थुप्रै घाइते भएको जनाएका छन् ।

सिनेटको कारवाहि अघि बढाइरहेका उप राष्ट्रपति माइक पेन्सलाई सिक्रेट सर्भिसले सुरक्षित स्थानमा लगेको छ । यसैगरी सभामुख न्यान्सी पेलोसी र नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसलाई पनि सुरक्षाको ग्यारेन्टि दिइसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्