चिनियाँ अर्बपति ज्याकमा दुई महिनादेखि बेपत्ता !



एजेन्सी।  चिनियाँ अर्बपति धनाढ्य ज्याकमा हराएको आशंका गरिएको छ । उनी दुई महिनादेखि कसैको सम्पर्कमा आएका छैनन् । याहु न्युजले उनी हराएको सुचना निकालेको छ ।

उनी दुई महिनादेखि सार्वजनिक नहुनु र पछिल्लो समय ‘अफ्रिका बिजनेस हिरोज’मा अनुपस्थित हुनुले पनि उनी हराएको शंकामा बल पुगेको उल्लेख छ।

सामाजिक सञ्जालमा सक्रिय ‘मा’ले अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्। उनी संसारकै सर्वाधिक अनलाईन कारोबार गर्ने प्रबिधि कम्पनी अलिबाबा ग्रुपमा मालिक हुन् ।

कोरोना महामारीको समयमा उनले विश्वका थुप्रै देशहरुलाई आर्थिक सहायता समेत गरेका थिए । पछिल्लो समय उनले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको आmलोचना पनि गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्