हेटौंडामा दोस्रो मूर्तिकला कार्यशाला



हेटौंडा, (नेस)
हेटौंडा–१८ को हर्नामाडीमा ८ दिन चल्ने मूर्तिकला कार्यशाला शुरु भएको छ। ज्योति माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सवको अवसरमा आइतबारबाट कलाका लागि कला भन्ने नारासाथ कार्यशाला शुरु भएको हो। वडाध्यक्ष अनिल बानिया“ले कार्यशाला शुभारम्भ गरेका थिए।
विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनलाई लक्षित गरेर कार्यशाला शुरु गरिएको हो। कार्यशालामा राष्ट्रिय कलाकार लक्ष्मण भुजेलसहित स्थानीय र राष्ट्रिय कलाकारको सहभागिता छ। यस कार्यले हर्नामाडीलाई कलाको केन्द्र मात्र नभएर मकवानपुरलाई परिचित गराउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेलको भनाइ छ। यसका लागि करिब साढे २ लाख खर्च अनुमान छ। यसले काठमाडौंबाहिर फाइन आर्ट कलेजका रूप छिट्टै धारणा गर्ने विद्यालयको अपेक्षा छ।
मूर्तिकलाको विकास र विस्तारका लागि २०६९ सालमा मकवानपुरको हेटौंडा–१८ हर्नामाडीमा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भएको थियो। कार्यशाला आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले मंसिर ११ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेका थिए। कार्यशालामा सहभागी कलाकार जापानका सुगिमोतो जुनीचिरो, इटलीका बेटिनो फ्रान्सेली, कोरियाका सिम जुध्र सु फ्रान्सकी लेतिचिया दी बजालरे र चीनका ल्यु योङलगायत नेपालका १८ जना मूर्तिकार र १० जना कलेजका विद्यार्थी सहयोगीलगायत स्वयंसेवक थिए।

प्रतिक्रिया दिनुहोस्