भारतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै २५१ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै २५१ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मत्यु हुनेको कुल संख्या एक लाख ४७ हजार ३४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ हजार २७२ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा कुल संक्रमित एक करोड १ लाख ६९ हजार ११८ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ग्रस्त देशको सूचीमा भारत दोस्रो नम्बरमा छ । त्यस्तै भारतमा अहिलेसम्म ९७ लाख ४० हजार १०८ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २२ हजार २७४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्