ओलीको दम्भ अति भो



sf7df8f}F, ^ k’;M lj3l6t k|ltlglw;efsf ;b:onfO{ ;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ afn’jf6f/df lj3l6t k|ltlglw;efsf ;b:ox?sf] e]nfnfO{ ;Daf]wg ub}{ . tl:a/ ;f}hGoM k|d cf]nLsf] lghL ;lrjfno÷/f;;

मंगबारको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा ‘मलाई पार्टीले कारबाही गर्न सक्दैन ः ओली’ शीर्षकको समाचारले प्रधानमन्त्री ओलीमा अत्यधिक दम्भ छ भन्ने पुष्टि गर्दछ । पछिल्लो केही दिनयता नेपाली राजनीतिमा खैलाबैला मच्चिएको छ । मन्त्रिपपिरषद्को सिफारिसमा राष्ट्रपतिले लालमोहर लगाएपछि संसद् भंग गर्ने निर्णय सदर भयो । देश जनता कोही नभनी आफ्नो मनमा लागेको जे पनि गर्ने ओली वास्तवमै घमण्डी नेता हुन् ।
उनको दम्भका कारण पार्टी मात्रै होइन देशले नै दुःख पाएको छ । कोरोना महामारीजस्तो बेलामा देश गरिबी र भ्रष्टाचारको जालोमा अल्झाएर उनी भने निर्वाचनको तयारी गर्न उर्दी दिन थालेका छन् । कोरोनाको कहर नसकिँदै दैनिक आमसभा र बैठक बोलाउन थालेका छन् ।
शायद ओलीबाट यो देशलाई मुक्ति पाउन समय त लाग्ला तर मुक्ति पाउनै पर्दछ । आफूभन्दा माथि कोही हैनन् भन्ने सोच्ने ओलीका हावा गफमा अल्झेर नेकपालाई बहुमत दिएकोमा जनतालाई पश्चात्ताप गर्नुपरेको छ ।
समाचारमा पनि ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिन संसद् विघटन गरेको बताएका छन् ।
विघटित प्रतिनिधिसभाका सदस्यहरुको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीले आफूलाई कारबाही गर्न नसक्ने बताए । उनले विचार, संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरु सरकार तथा मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटोमा अग्रसर भएको आरोप लगाए ।
संसद् विघटन आफ्नो निजी रोजाइ नभई पार्टीको आन्दोलन र भविष्य जोगाउने विकल्पका रुपमा लिइएको उनको भनाइ थियो । गत निर्वाचनमा जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम भएको ओलीको भनाइ थियो । यसरी ओलीको पतनोन्मुख राजनीतिको घानमा नेकपा र सिंगो देशले दुःख पाएको छ ।
– समानता थापा, रौतहट ।

प्रतिक्रिया दिनुहोस्