पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः प्रवेश हुनेछ : बाइडेन



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति निर्वाचित जोय बाइडेनले राष्ट्रपतिका रूपमा उनको कार्यकालको पहिलो दिन अमेरिका पेरिस जलवायु सम्झौतामा पुनः सहभागी हुने संकल्प व्यक्त गरेका छन् । विश्वव्यापी तापक्रम कम गर्ने उद्देश्यले भएको उक्त ऐतिहासिक सम्झौता शनिबार पाँच वर्ष पँरा भएको छ । एक फरक अध्ययनले लकडाउनका कारण अमेरिकामा कार्बन उत्र्सजनमा १२ प्रतिशत कमी आएको उल्लेख गरिएको छ ।

अमेरिकाले सन् २०१५ को जलवायु परिवर्तनमा भएको पेरिस सम्झौताबाट यसै वर्ष नोभेम्बर ४ मा औपचारिकरूपमा समर्थन फिर्ता लिएका थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा फिर्ता हुने घोषणा गरेका थिए । ट्रम्पले पटक–पटक सम्झौताको आलोचना गर्दै यसलाई आर्थिकरूपमा नोक्सानदायी भएको बताएका थिए । सन् २०२५ सम्ममा यसका कारण देशमा २५ लाख रोजगारी गुमाउनुपर्ने स्थिति उत्पन्न हुने पनि उनको दाबी थियो । हरितगृह ग्यास उत्सर्जन गर्ने चीन र भारतजस्ता ठँला देशले उन्मुक्ति पाइरहेको पनि उनले बताएका थिए ।

बाइडेनले भने, राष्ट्रपतिका रूपमा मेरो कार्यकालमा अमेरिका पेरिस सम्झौतामा पुनः समावेश हुनेछ र म विश्वका आफ्ना समकक्षीसँग तत्काल काम गर्न शुरू गर्नेछु जसले मेरो कार्यकालको पहिलो सय दिन ठँला महाशक्तिका नेताहरूसँग जलवायु शिखरवार्ताको आयोजना गर्नु पनि पर्नेछ ।

सन् २०२० कोरोना भाइरस महामारीका कारण विश्वलाई एउटा ठँलो फाइदा भएको छ । यो वर्ष ग्रिनहाउस ग्यासको उत्सर्जनमा सबैभन्दा ठँलो गिरावट देखियो । लकडाउन र यात्रामाथिको प्रतिबन्धका कारण कोभिड–१९ का क्रममा उत्सर्जन सन् २०२० मा २ दशमलव ४ अर्ब टन कम भयो । विश्वव्यापी उत्सर्जन ३४ गिगाटन रहेको र यो सन् २०१९ को तुलनामा ७ प्रतिशत कम भएको बताइएको छ । बेलायतमा सबैभन्दा धेरै १३ प्रतिशतले गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्