न्युज अफ नेपाल, काठमाडौं ।
आज काठमाडौं उपत्यकामा थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८१ जना, ललितपुरमा ६९ जना र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ५२४२ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ४७ हजार ५९३ जनामा कोरोना पुष्टि भइसकेको छ।
यस्तै हासम्म १६८९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २ लाख ३४ हजार २३१ जना निको भएर घर फर्किएका छन् । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।











प्रतिक्रिया