काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सिटौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले शुक्रवार गरिएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताएका छन् । पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न र सावधानी अपनाउन सिटौलाले आग्रह गरेका छन् ।