चाँगुनारायणमा एक महिलाको शव भेटियो, सात जना प्रहरी नियन्त्रणमा

0
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरको चाँगुनारायण फूलबारीमा एक महिलाको शव भेटिएको छ ।

चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको छानविन गर्न प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।