कोरोना संक्रमितका पिडालाई उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ गीत सार्वजनिक



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले कोरोना संक्रमित गीतको सृजना गर्नु भएको छ ।
रात दिन बिरामीको सेवामा समर्पित डा. खनाल आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान परेको वेला बिरामीका पिडाको अनुभूती र भोलीको भबिश्यका बारेमा आउने सोंचलाई समेटेर डा.खनालले गीतको सृजना गर्नु भएको हो ।

संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको एक कार्यक्रमका बीच विहिवार बुटवलमा सार्वजानिक गरिएको छ । समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने मनोभावलाई जस्ताको तस्तै म्युजीक भिडियोमा उतारिएको छ ।

दुखाईको पिडा, मृत्यु भएपछि परिवारले भोग्नु पर्ने समस्याको अवस्था, संक्रमित हुंदा समाजले गर्ने तिरस्कार, प्लास्टिकमा बेरिएर गरिएको दाहसंस्कार मानसपटलमा कसरी घुम्दछ भन्ने बिषयलाई म्युजीक भिडियोमा जस्ताको तस्तै उतारिएको छ ।
बिरामीको सेवामा लाग्दा एउटा चिकित्सकमा आउने भावनालाई शब्दमा उनेर डा. खनालले कारुणीक सिर्जना गरेका छन् ।

वालकृष्ण पान्डेको म्युजीक डा राजेन्द्र खनालको गीतकार सुदिप सागरको एरेन्ज सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजीक भिडियो युट्युव च्यानलमा हेर्न र सुन्न सकिने डा. खनालले बताउनु भयो ।  सामाजिक विकास मन्त्रालयका निर्देशक उमाशंकर चौधरीले आफु संक्रमित हुंदा भेन्टिलेटरमा बसेर कल्पना गरेको कुरा म्युजीक भिडियोमा समेटिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले आफु संक्रमित हुँदा स्थानीय जनप्रतिनिधिले आफ्नो घरको गेटमा बाहिरबाट ताला लगाईदिएको स्मरण गर्दे आफन्तले समेत १० मिटर टाढाबाट बोल्ने गरेको अनुभव सुनाउनु भएको थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्रराईले समेत कोरोना सक्रमितको उपचारका लागि अस्पतालले गरेका योगदानको वारेमा प्रकास पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्