दिदि र बाबालाई चिताबाट फर्कनको लागि अनुरोध



तपाईंहरुका इच्छा र भाबनाहरु मैले सुन्न नपाउदै जानुभएछ । यदि मिल्छ भने आउनुस म सुन्छु सके पूरा गर्छु।
दिदी तिहारमा मेरो निधार जिन्दगी भरि नै खाली हुने भयो, यदि मिल्छ भने आउनुस मेरो उमेरलाई आधा-आधा पारेर जिउँला।

बाबा, आमाले लगाएको रातो चोली अनि रातो चुरा मैले सम्झिँदैन तर हेर्न मन छ मिल्छ भने आमाको सिउँदो भर्नको लागि भएपनी आउनुस ।

मलाइ तपाईहरुको चोर औला समातेर एकपटक हिंड्न मन छ, मिल्छ भने आउनुस मैले अनि हजुरले जोरेको (कमाएकाे) सम्पती बेचेर।

दिदी मलाई हजुर डोलि चढेर घरबारे हुन गएको देख्न मन छ, मिल्छ भने आउनुस मेरो जिबनकालमा भोग्ने दुख बेचेर भएपनी।

बाबा, मेरो सफलताको विबरण देख्न पनि पाउनुभएन, मिल्छ भने दिदी लाई लिएर आउनुस अहिले सम्मको मेरो सफलता बेचेर भएपनि।

बाबा दिदीलाई पनि रहर छ होला बुहारिलाई ढोका छेक्नको लागी मिल्छ भने लिएर आउनुस मेरो शरिर बेचेर भएपनी।

बाबा दिदिलाई सम्झेर आमाको सधै रसाउछ आँखा, यदि मिल्छ भने आउनुस म हजुरको सट्टामा बसौला।।

बाबा तपाइलाई नाति नातिना र दिदीलाई भाइ बहिना खेलाउने रहर छ होला, यदि मिल्छ भने आउनुस उनिहरुको जिबनकालको सोचाइ बेचेर भएपनी। तपाईहरु बिरामी हुँदा औषधि किन्ने म भैसकेको छु आउनुस, बिरामी भएरै भएपनी मैले जिबनकालमा कमाउने पैसाले गरौला उपचार।

दिदी मलाइ भान्ज भान्जीलाई बोकेर मावल ल्याउन मन छ यदि मिल्छ भने लिएर आउनुस तपाइका सारा दुख मलाइ बोकाएर भएपनी।

बाबा मलाई स्कुलमा सबै साथिले टुहुरो भनेर हेप्छन मलाई हुने मन छैन टुहुरो हजुर आउनुस मेरो नाममा जोडिएको टुहुरो अक्षर हटाउनको लागि भएपनी। हजुरहरु नहुँदा मेरो बिहेपनि अर्थहिन हुने भयो,  सबैकुरा मिलाएर आउनुस मेरो बिहेलाई मुल्यवान बनाउनको लागि भएपनी।

लेखकः सराेज भुसाल । सन्धिखर्क-११, अर्घाखाँची ।

प्रतिक्रिया दिनुहोस्