ज्याकलिन हावाको रफ्तारमा



बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले बाजी मारेकी छिन् कि उनको अब केही चल्नेवाला छैन भन्नेहरुको बोल्ती बन्द हुन पुगेको छ। आजतकको अनलाइन संस्करणले जनाएअनुसार लकडाउनपछि ज्याकलिनले धमाधाम यति धेरै ठूला ब्यानरको फिल्म साइन गरेकी छिन् कि बलिउड अभिनेत्रीहरुको निद्रा उडाएको छ।

ज्याकलिन हालैमात्र बच्चन पाण्डेको हिस्सा बनेकी छिन्। योे फिल्म निर्माता साजिद नाडियाडवालाका साथ उनको आठौं फिल्म हो। अक्षय कुमार र कृति सेनान पनि यो फिल्ममा छन्। लामो समयदेखि यो फिल्मका लागि एक अभिनेता र एक अभिनेत्रीको खोजी भइरहेको बताइएको थियो।

यो भूमिका पाउनका लागि बलिउडका टप अभिनेत्रीहरुले आशा गरिरहेका थिए। यसअघि नै ज्याकलिनले रोहित सेट्टीको फिल्म पाउने सफलता हात पारेको समाचारमा उल्लेख गरिएको छ। रोहित सेट्टीका साथ बलिउडका तमाम अभिनेत्री काम गर्न चाहन्छन्।

रणवीरलाई लिएर जब रोहितले फिल्म सर्कस निर्माण गर्ने योजना बनाएका थिए, त्यति बेलैबाट सबैको नजर यो फिल्मतिर थियो।

तर, ज्याकलिन हावाको रप्तारमा आइन् र यो रोल उडाएर लगिन्। यति मात्र नभई ज्याकलिन फिल्म किक–२ का पनि हिस्सा हुन्। यसमा उनी सलमान खान, अक्षय कुमार र रणवीर सिंहजस्ता स्टारका साथ काम गर्दै छिन्। यसबाहेक ज्याकलिन अटैकैर भूत पुलिस जस्ता फिल्म पनि गर्दै छिन्।

प्रतिक्रिया दिनुहोस्