जथाभावी कार चलाउँदा पाँचको मृत्यु



वर्लिन,(एजेन्सी) । 

पश्चिमी जर्मनीको ट्रिअर शहरमा एउटा कार जथाभावी ढंगले चलाइँदा त्यसले किचेर पाँच जना व्यक्तिले ज्यान गुमाउनु परेको प्रहरीले बुधवार बताएका छन् । मारिनेमा एकजना नौ महिने शिशु पनि रहेकीछन् । कार चलाउने ५१ व्र्षिय स्थानिय वासिन्दालाई प्रहरीले गिरफतार गरेको छ । सरकारी वकिलले ति व्यक्तिले अत्यधिक मदिरा सेवन गरेको दावी गरेका छन् । स्थानिय प्रशासनले यो दुर्घटना राजनीतिक वा धार्मिक पूर्वाग्रह राखेर गरिएको जस्तो नदेखिएको बताएका छन् ।

शहरका मेयरले दुर्घटनास्थल निकै भयावह देखिएको प्रतिक्रिया दिएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार ट्रिअर शहरको दि पोर्टा नायग्रा स्थित प्रसिद्ध रोमन गेट तर्फ जाने ब्रोस्ट्रास्से र सिमियोनस्ट्रास्से स्ट्रिटमा अत्यन्तै तिव्र गतिमा हुँइकिंदै आएको कारले अचानक ठक्कर दिँदा मानसिहरु भयले चिच्याएको तथा कोहि हावामै उडेका देखिन्थे ।

ट्रिअरका प्रहरी प्रवक्ता कार्ल पिटर जोछेमले यत्रो दुर्घटना गरिसकेकपछि पनि ति व्यक्ति एकसरुले एक किलो मिटर पर पुगिसकेको र उनलाई अन्तत एउटा प्रहरीको कारले रोकेको बताएका छन् । मारिनेमा २५ , ५२ र ७३ वर्षिया महिला छन् भने शिशुका ४५ वर्षिया पिता पनि मारिएका हुन् । ति व्यक्तिका पत्नी र र एक वर्षिय छोराको स्थानिय अस्पतालमा घाइते अवस्थामा उपचार भइरहेको छ ।

जर्मन संचार माध्यमले ति ड्राइभरको नाम बन्र्ड डब्ल्यु रहेको पुष्टि गरेको छ । सामाजिक संजालमा राखिएको भिडियो फुटेजमा थुप्रै प्रहरी अधिकारीले नियन्त्रणमा लिइएका उनीसंग सोधपुछ गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्