बाहिरियो टिकटक स्टार जुम्ल्याहा दिदीबहिनी चिंकी र मिंकीको वास्तविक नाम



एजेन्सी ।

भारतमा टिकटक बन्द भएको छ तर टिकटकबाट आफूलाई स्टार बनाएका जुम्ल्याहा दिदीबहिनीको ख्याती भने अझै बढिरहेको छ ।

टिकटकबाट उदाएर छोटो समयमै चर्चा बटुल्न सफल भएका भारतीय जुम्ल्याहा दिदीबहिनी चिंकी मिंकीलाई तपाईंहरूले सामाजिक सञ्जाल या भारतीय टीभी शोहरूमा देख्नुभएकै होला ।

द कपिल शर्मा शो लगायत अन्य धेरै टीभी शोमार्फत दर्शकहरूलाई भरपुर मनोरंजन दिने यी दुई दिदीबहिनीको व्यक्तिगत जीवनका बारेमा भने धेरैलाई थाहा छैन ।

यीनीहरू दुवैको टिकटकमा लाखौँ फलोअरहरू छन्, तर बिडम्बना पछिल्लो समय भारतले टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेपछि जति धेरै फलोअर भएर पनि केही भएन ।

दुवैको जन्म सन् १९९७ को डिसेम्बर २४ का दिन भएको हो । भारतको मुम्बईमा जन्मेका यिनीहरू अहिले २२ वर्षका भए ।

चिंकीको नाम सुरभी मेहरा हो भने मिंकीको नाम समृद्धि मेहरा हो । सुरभी समृद्धि भन्दा एक मिनेटले जेठी हुन् ।

प्रतिक्रिया दिनुहोस्