पनौती साहित्य समाजबाट प्रतिनिधि काभ्रेली कथासङ्ग्रह प्रकाशित



न्युज अफ नेपाल,काठमाडौं ।

पनौती साहित्य समाजले आफ्नो संस्था १२ पूरा भएको तथा शुभ तिहार २०७७ एवं नेपाल सम्वत् ११४१ को उलक्ष्यमा आफ्नो नियमित प्रकाशन यसपटक कथा विशेषांकको रुपमा प्रकाशनको रुपमा प्रकाशित गरेको छ । पनौती साहित्य दर्पण (भाग – ४) लाई काभ्रेली स्रष्टाहरुको कथासङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथासङ्ग्रह’ को रुपमा प्रकाशित गरेको कुरा समाजका उपाध्यक्ष एवं यस सङ्ग्रहका प्रधानसम्पादक डा. सुमनराज ताम्राकारले बताउनु भयो ।

उहाँका अनुसार ‘साहित्यका विविध विधाहरु मध्ये कथा विधामा काभ्रे निकै बलियो छ । कथा विधामा काभे्र गर्व गर्न लायक पनि छ । किनकि नारी र पुरुष दुवै गरी शुरुवात आधुनिक कथाकारको रुपमा काभ्रेले पृथक कीर्तिमान कायम गरेको छ । काभ्रेको कानपुरमा पुख्र्यौली घर भएका गुरु प्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा हुन् । त्यसैगरी काभ्रेकै चेली तुषार मल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारको रुपमा दर्जिएकी छिन् ।’

यस कथासङ्ग्रहमा सामाजिक कथा, पौराणिक कथा, लघुकथा, द्वन्द्वकथा, सीमान्तकृत एव) प्रादेशिक कथाका साथै हाँस्य कथा गरि ३९ जना काभ्रेली स्रष्टाका कथाहरु समेटिएका छन् । यसमा अग्रज देखि नवप्रवेशी कथाकारहरु गुरु प्रसाद मैनाली, तुषार मल्लिकाका साथै टंकनाथ शास्त्री, कृष्ण प्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, ध्रुव सापकोटा, हरि अधिकारी, रमा कर्णजित, हरिवंश आचार्य, अम्बु भवानी कार्की, पूmलमान बल, विजय सापकोटा, दिनमान गुर्मछान, अनामिका सजल, हिरामाया घिसिङका साथै पनौती साहित्य समाजका अधिकांश सदस्यहरुका कथा समेटिएका छन् । यसरी कतिपय रचनाहरु दुर्लभ खालको समावेश गर्न पाएको कारण पनौती साहित्य दर्पणको यो अंक अझ बढी संग्रहणीय खालको भएको छ ।

प्रतिक्रिया दिनुहोस्