कोरोनालाई घातक बनाउने जिनको पहिचान गर्न सफल, खोप बनाउनमा ठुलो सहयोगी हुने



न्युयोर्क (एजेन्सी)

कोरोना भाइरसको अनुसन्धान गरिरहेका अमेरिकी वैज्ञानिकहरुलाई ठुलो सफलता हात पारेका छन् । अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रका वैज्ञानिकहरुले कोरानालाई जैविक प्रतिरोध तथा महामारी फैलाउने क्षमता प्रदान गर्ने जीनको पहिचान गरेका छन् । कोरोनाको यो घातक हतियार अहिले सम्म पत्ता लगाउन सकेको थिएन ।

यस खोजका कारण कोरोना भाइरसको खोप वा औषधी बनाउने कार्यमा धेरै सहयोग प्राप्त हुने सम्भावना बढेको बताइएको छ ।
अमेरिकी म्युजियम अफ नेचुरल हिस्ट्र्रीका वैज्ञानिकहरुको टोलीका अनुसार अहिलेसम्म कोराना भाइरसको जिनोममा रहेका १५ जिन अर्था आनुवंशिक गुण संग्रहित राख्न जिम्मेवार हिस्साको पहिचान गरिसकेका छन् ।

यसको प्रभावकारी असर यस भाइरस विरुद्ध खोप वा औषधी विकसित गर्नमा पर्न सक्छ । नविनतम अध्ययनलाई जर्नल अफ इ लाइफमा प्रकासित गरिएको छ । यसमा वैज्ञानिकहरुले भाइरसको जिन भित्र जिन भएको उल्लेख गरेका छन् । यसले संक्रमित सरीरमा भाइरसको प्रतिकृति बनाउनमा महत्वपुर्ण भुमिका निभाउँछ । अमेरिकन म्युजियमा कार्यरत तथा शोध पत्रका प्रमुख लेखक चेस नेलसनले जिन भित्र रहने यो जिन कोरोना भाइरसको एक हतियार हुन सक्छ ।

जसले सम्भवत भाइरसलाई आफ्नो प्रतिकृति बनाउनमा मद्दत गर्छ र संक्रमितको प्रतिरोधात्मक क्षमतालाई निसाना बनाउँछ । जिन भित्र जिनको उपस्थिति तथा उसले कार्य गर्ने तरिकाबाट कोरोना भाइरसलाई नियन्त्रित गर्ने नयाँ तरिकाका लागि मार्ग खुल्न सक्ने नेसलसनले बताए ।

अनुसन्धानकर्ताहरुले सार्स कोव–२ अर्थात कोविड १९ को जिन भित्र रहेको जुन जिनको पहिचान गरेको छ त्यसलाई ओआरएफ३डी नाम दिएको छ । यो जिनमा प्रोटिनको अपेक्षा भन्दा बढी कार्यप्रणाली निश्चित गर्ने जानकारी राख्ने क्षमत छ । ओआरएफ३डी पहिला सालकमा भेटिएको कोरोना भाइरसमा पनि रहेको र यसले सार्स कोव–२ र सम्बन्धित भाइरस विकासका क्रममा यो जिन विकास क्रम पार गरेको हुन सक्ने उनले बताए ।

अध्ययन अनुसार ओआरएफ३डीको स्वतन्त्र पहिचान गरिएको छ र कोविड १९ विरामीमा रोगसँग लड्नका लािग बनेका एन्टिबडी विरुद्ध यसले सक्रिय भुमिका खेल्ने गरेको पाइएको छ । अहिले पनि आफुहरुले यसको कार्यप्रणाली वा चिकित्सकिय महत्व थाहा पाउन नसकेको तर कसरी जिन स्वंयलाई बचाउँछ भन्ने पत्ता लगाउन र टी–कोसिका पहिचान गरी एन्टिबडी उत्पादन गर्न सक्ने पुर्वानुमान गर्न सकने नेलसनले बताए ।

प्रतिक्रिया दिनुहोस्