हेली अफवाहले तनावमा



हलिउड मोडल तथा नायिका हेली बिबर गर्भवती भनेर छँएको खबर अफवाह मात्र भएको पुष्टि भएको छ।
आप्mनोबारे चलेको हल्ला अफवाह मात्र भएको उनले इन्स्टाग्राम अकाउन्टेन्टमा एक पोस्ट शेयर गर्दै जानकारी गराएकी छिन्।

उनले लेखेकी छिन– ‘म गर्भवती छैन।’ एक पत्रिकामा उनी गर्भवती भएको खबर छापिएपछि तनावमा रहेकी हेलिले लेखेकी छिन्– ‘आफ्नो सूत्रबाट आएको झूटो अफवाह लेख्न बन्द गर्नुहोला।’ गायक जस्टिन बिबरकी पत्नी हेली र जस्टिन अभिभावक नबने पनि उनीहरु आमाबुबा बन्न लागेको हल्ला चलेको थियो।

जस्टिनले पनि एक अन्तर्वार्तामा आफूहरुले अझै एक–अर्कालाई बुझ्दै गरेको र आफ्नो वैवाहिक जीवनको मजा लिइरहेकाले तत्काल आमाबाबु बन्न हतार नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्