ट्रम्पले हार स्वीकार नगर्दा प्रक्रिया जटिल बन्ने संकेत : बाइडेनको आदेशमा ह्वाइट हाउसबाट निकालिन सक्छन्



October 21, 2019, Washington, District of Columbia, USA: United States President Donald J. Trump reacts during a Cabinet Meeting at the White House in Washington, DC on October 21, 2019. .Credit: Yuri Gripas / Pool via CNP (Credit Image: © Yuri Gripas/CNP via ZUMA Wire)

वासिंगटन (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावमा जोय बाइडेनको हातबाट पाएको पराजयलाई राष्ट्रपति डोनाल्ड ट्रम्प स्विकार्न तयार छैनन् । ट्रम्पबाट अझै आफनो हार स्विकारेर बाइडेनलाई जितको बधाइको बक्तब्य आएको छैन । यसले अमेरिकी प्रशासन सत्ता हस्तान्तरको प्रक्रिया पनि शुरु गर्न पाइरहेको छैन ।

सन् २०२१ जनवरी २० मा बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपति पदको सपथ लिनेछन् । यसका लागि जनवरी १५ अघि अमेरिकाका सबै सरकारी विभागमा बाइडेन प्रशासनको अधिनमा ल्याउन आवश्यक हुन्छ । अमेरिकाको जनरल सर्विसेज एडमिनिस्ट्रेसनमाथ बाइडेनलाई निर्वाचित राष्ट्र्रपतिका रुपमा औपचारिक मान्यता दिने जिम्मेवारी छ ।

त्यसपछि सत्ता हस्तान्तरणको प्रक्रिया आरम्भ हुनेछ । उक्त निकायका प्रशासक एमिली मर्फीले अहिलेसम्म यो प्रक्रिया आरम्भ गरेको छैन र कहिले गर्ने भन्ने विषयमा पनि बोलेकी छैन । एमिलीको नियुक्ती ट्रम्पले गरेको थियो । यस स्थितिमा के डोनाल्ड ट्रम्प नयाँ सरकार बनाउने डेमोक्र्याटिक पार्टीको प्रयासलाई रोक्न सक्छ भन्ने प्रश्न उठेको छ ।

अमेरिकी राष्ट्रपति पदको चुनावमा डेमोक्र्याटिक उम्मेदवार बाइडेनको जितपछि अब ट्रम्पसँग दुईवटा मात्र विकल्प रहेको छ । पहिलो गरिमापुर्ण तरिकाले आफ्नो हार स्विकार गर्नु र अर्को बलजफ्ती ह्वाइट हाउसबाट निकालिनु । ट्रम्पका केही निकतवर्ती सहयोगी उनलाई गरिमापुर्ण तरिकाले हार स्विकर्न मनाउने प्रयासमा छन् । तर केही रिपब्लिकन सहयोग उनलाई हार स्विकार नगर्न प्रेरित गरिरहेका छन् ।

लडिरहन नेताहरुको सल्लाह

दक्षिण क्यारोलाइनाका सिनेटर लिंडसे ग्राहमले ट्रम्प नहारेको बताएका छन् । उनले भने, राष्ट्रपति ट्र«म्प हारलाई स्विकार नगर्नु होला । अझ मजबुत भएर लड्नु होला । ट्रम्पले हार स्विकार नगरेको अवस्थामा राष्ट्रपतिका रुपमा बाइडेनमाथि सधैँ शंकाको बाडल मन्डराइरहने छ र देशका आधा जनता उनलाई अवैध तरिकाले निर्वाचित भएको मानिरहने छ ।

ट्रम्पका छोरा डोनाल्ड जुनियर र एरिकले पनि पनि आफना पितासँग नतिजा विरुद्ध लडिरहन अपिल गरेका छन् र रिपब्लिकन नेताहरुसँग उनको साथमा उभिन भनेका छन् । त्यसैगरी रिपब्लकन नेता एन्डी बिग्सले पनि ट्रम्पलाई हार स्विकार नगर्न सल्लाह दिएका छन् ।

यसबीच डोनाल्ड ट््र्रम्पका तर्फबाट जबसम्म अन्तिम भोटको गणना हुँदैन र सर्वोच्च अदालतको निर्णय आउँदैन , उनले हार स्विकार नगर्ने घोषणा आएको छ । हालै ट्रम्पको चुनाव टोलीका तर्फबाट कयौं राज्यमा याचिका दायर गरिएका छन् । जसमा पुन मत गणना र मत गणना तरिकाको जाँचको माग गरिएको छ । यस स्थितिमा सत्ता हस्तान्तरण त्यति सजह नहुन देखिएको छ ।

जो बाइडेनको जितको घोषणा भएपनि अहिलेसम्म डोनाल्ड ट्रम्पको हातमा सत्ता छ । अहिले पनि केही राज्यमा मत गणना भइरहेको छ । त्यसैले अन्तिम नतिजा बाँकी नै छ । बाइडेनले जनवरी २० मा सपथ लिनेछ र कार्यकाल जनवरी २१ बाट शुरु हुने छ । त्यति बेलासम्मका लागि ट्रम्प राष्ट्रपति बनिरहनेछ र ह्वाइट हाउसमा रहनेछ ।

२० जनवरीसम्म ट्र्रम्पले ह्वाइट हाउस नछोडेपछि २१ जनवरी देखि बाइडेनको हातमा सबै सक्ती आउने छ । त्यतिबेला सेना, सुरक्षा गार्ड र ह्वाइट हाउसमा ट्रम्पको कुनै अधिकार बच्ने छैन । अमेरिकी संविधानको २० औं संशोधन अनुसार ट्रम्पको यी अधिकार जनवरी २१ मा खोसिने छ । यस अवस्थामा नयाँ राष्ट्रपति उनलाई बाहिर निकाल्ने आदेश पनि दिन सक्छ ।

मेलानियाको ट्विट

चुनावको नतिजालाई लिएर आफ्नो मौनता तोड्दै प्रथम महिला मेलानियाले पनि ट्रम्पको समर्थनमा ट्विट गरेकी छिन् । उनले मतगणनामा फर्जी भएको र सबै बैध मत मात्र गणना हुनु पर्ने उल्लेख गरेकी छन् । उनले आफ्ना पतिले जस्तै राष्ट्रपति चुनावमा गडबडी भएको आरोप लगाइन् । मेलानियाले अमेरिकामा अवैध मत गणना गर्न नुहने बताइन् ।

प्रतिक्रिया दिनुहोस्