कमजोर विद्यार्थी बाईडेनको राष्ट्रपतिसम्मको यात्रा



एजेन्सी । अमेरिकाको पन्सिलभेनिया राज्यमा सन् १९४२ नोभेम्बर २० मा एक क्याथलिक आइरिस परिवारमा जोय् बाइडेनको जन्म भएको थियोे । उनका तीन भाइबहिनी छन् । उनका आमा र बुबा क्याथरिन युजेनिया बाइडेन र जोसेफ रोबिनेट बाइडेन हुन् । उनको परिवार मध्यम वर्गिय परिवारमा गनिन्थ्यो । आर्थिक स्थिति त्यति राम्रो नभएकोले उनको परिवार पेन्सिलभेनिया छोडेर अमेरिकाको उत्तर पुर्व राज्य डेलावेयर गएको थियो । त्यहीँ उनले स्कुल शिक्षा हासिल गरेका थिए ।

जोय् बाइडेनको एकेडेमिक करियर धरै राम्रो थिएन । उनी कमजोर विद्यार्थीको पंक्तीमा आउँथे । उनले युनिभर्सिटी अफ डेलावेयरबाट सन् १९६५ मा इतिहास र राजनिति विषयमा स्नातक पुरा गरे । सन् १९६८ मा उनले कानुनका डिग्री हासिल गरे । कानुन अध्ययनका क्रममा ८५ जनाको कक्षामा उनी ७६ स्थानमा परेका थिए ।
आफनो राजनितिक करियरको सुरवाटमा उनले अमेरिकी बच्चाबीच नस्लिय भेदभाव कम गर्नका लािग सँगै पढाउने नितिको विरोध गर्नेहरुलाई समर्थन गरेका थिए । उक्त प्रसंग प्राइमरी चुनावका क्रममा हाल उनकै उपराष्ट्र्पति कमला ह्यारिसले उठाएकी थिइन् । सुरुमा उक्त आरोप उनले अस्विकार गरेका थिए । तर सन् २०१९ को अन्त्यतिर  उक्त आरोप स्विकार गर्दै त्यसका लागि माफी मागेका थिए ।

उनी पब्लिक स्पिकरका रुपमा धेरै राम्रो वक्तामा गनिन्थे । खेलकुदमा उनको लगाब थियो । उनी फुटबल र बेसबलका राम्रा खेलाडी थिए । बाइडेन थेटरमा पनि राम्रो कलाकारमा गनिन्थ्यो ।सानोमा भकभके भएकोले त्यसबाट मुक्ती पाउन उनले ऐना अगाडी उभर घन्टौंसम्म ठुलो स्वरमा कविता वाचन तथा पढ्ने गर्थे ।

राजनितिक जीवन

७७बर्षिय जोय् बाइडेन करिब ५० बर्षदेखि अमेरिकी राजनितिमा सक्रिय छन् । बाइडेनले वकिलका रुपमा आफनो करियर सुरुवाट गरेका थिए । त्यसपछि उनले राजनिति तर्फ आफुलाई मोडे । सन् १९७२ मा उनी पहिलो पटक चुनावी राजनितिमा आए र डेलावेयरको न्यु काउन्टीमा निर्वाचित भए । यहाँ उनले एक दश लेनको हाइवेका लागि संघर्ष गरेका थिए ।

१९७२ मा बाइडेनले अमेरिकी सिनेटका लागि उम्मेदवारी घोषणा गरे । डेलावेयरबाट उनी सन् १९७३ मा सिनेटर चुनिए । बाइडेन यहाँबाट लगातार सन् २००९ सम्म सिनेटरमा निर्वाचित भइरहे । यसैवर्ष उनी बाराक ओबामाको प्रशासनमा उपराष्ट्र्पति बनेका थिए , जसको कारण सिनेटर पद छोड्नु परेको थियो ।

अमेरिकी इतिहासमा ३० बर्षको उमेरमा सिनेटर बन्ने उनी छैथौं युवा हुन् । अहिलेसमम ३१ बर्ष नपुग्दै सिनेटर पद सम्हालेका १८ जना मात्र छन् । सन् १९७५मा उनको भेट दोस्रो पत्नी जीलसँग भएको थियो र सन् १९७७ मा उनीहरुको विवाह भएको थियो ।

राष्ट्र्पतिका लागि तीन पटक प्रयास

बाइडेन अब अमेरिकी राष्ट्र्पति निर्वाचित भइसकेका छन् । तर उनको लागि यो मार्ग त्यत्ति सहज भएन । बाइडेन आफनो राजनितिक करियरमा तीन पटक राष्ट्र्पति बन्ने दौडमा समावेश भए, यो भन्दा अघिका दुई पटकको प्रयास उनी असफल रह्यो । सबैभन्दा पहिला बाइडेनले सन् १९८७ मा राष्ट्र्पति पदका लागि प्रयास गरेका थिए ।

उनले डेमोक्र्याट्सका तर्फबाट प्राइमरी पनि लडेका थिए । सन् १९८८ मा हुने चुनावका लािग बाइडेनले चुनाव प्रसार पनि गरे तर उनीमाथि एक भाषणा चोरी गरेको आरोप लाग्यो । त्यसपछि उनको स्वास्थ्य पनि खराब भयो र सल्यक्रिया गराउनु परेकोले आफ्नो अभियानबाट फिर्ता हुनु पर्यो ।

त्यसपछि सन् २०१६ को राष्ट्र्पति चुनावमा पनि क्याम्पेन सुरु भइसकेको थियो । तर सन् २०१५ मा छोरा ब्युको एक दुर्लभ क्यान्सरका कारण मृत्यु भएपछि उनले चुनाव लड्ने निर्णय त्यागेका थिए । तस्रो पटक सन् २०२० मा आप्mनो भाग्यको परिक्षण गर्न उनी तयार भए र सफल भए ।

जो बाइडेनले आफनो सुरुवाट काउन्टीबाट गरे, फेरी सिनेटर, उपराष्ट्र् हुँदै अब राष्ट्र्पतिसम्मको यात्रा पुरा गरेका छन् । तर यसबीच उनको निजी जिन्दगीमा कयौं पटक विपत्ती आए । सन् १९२०मा जन्मेका बाइडेन कम उमेरमै पेन्सिलभेनियाबाट डेलावेयर आउनु पर्यो । किनभने उनका परिवारको आर्थिक स्थिति राम्रो थिएन ।

पत्नी र छोरीको शोक

बाइडेनले सन् १९६६ मा निला हन्टरसँग विवाह गरेका थिए । तर ६ बर्षपछि सन् १९७२ मा एक गाडी दुर्घटनामा उनकी पत्नी र एक बर्षकी छोरीको मृत्यु भएको थियो । उनका दुई छोरा ब्यु र हन्टर गम्भिर घाइते भएका थिए ।

बाइडेनले सिनेटरका रुपमा पहिलो सपथ त्यतिबेला अस्पताल मै लिएका थिए जहाँ उनका छोराहरुको उपचार भइरहेको थियो । त्यसपछि सन् २०१५ मा बाइडेनका छारा ब्यु बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो ।

ब्रदर भ्वाइस प्रसिडेन्ट उपाधी

सन् २००८ मा पनि जोय् बाइडेनले डेमोक्र्याट्सका तर्फबाट राष्ट्र्पति चुनाव लड्ने प्रयास गरे तर पछि उनले बाराक ओबामाले समर्थन गरे । त्यसपछि उनी ओबामा प्रशासनमा उपराष्ट्र्पति रहे । करिब ८ बर्षसम्म यो पदमा रहेको बेला बाइडेनले करिब ५० देशको भ्रमण गरे । बाराक ओबामाले उनलाई ब्रदर भ्वाइस प्रसिडेन्टको उपाधी दिएका थिए ।

सन् २००८ र ०९ मा अमेरिकामा सबैभन्दा ठुलो आर्थिक मन्दी आएको थियो । ओबामाले एक कमिटी गठन गरि त्यसको नेतृत्व जोय् बाइडेलाई सुम्पेको थियो । अमेरिकालाई उक्त मन्दीबाट उकास्नमा बाइडेनको महत्वपुर्ण भुमिका रह्यो ।

प्रतिक्रिया दिनुहोस्