शाहरुखको अपिल टेरेनन् फ्यानले



बलिउडका किङ खान शाहरुख खानले सोमबार आप्नो ५५औं जन्मदिन मनाए। यस अवसरमा उनले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी आप्ना प्रशंषकलाई यो मुस्किल समयमा आप्नो निवास मन्नतअगाडि जम्मा नहुन अपिल गरे पनि उनका फयानले त्यसलाई टेरेनन्।
शाहरुखको अपिलका बाबजुद उनका फ्यानहरु उनको घर मन्नतबाहिर जम्मा भए। शाहरुखका जो प्mयानहरु उनको जन्मदिनका अवसरमा उनलाई हेर्न मन्नतअगाडि पुग्दै थिए, उनीहरुलाई प्रहरीले सम्झाइ–बुझाई घर फिर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरानोको जोखिमको परवाह नगरी उनका प्mयानहरु उनको घरअगाडि जम्मा भएका थिए। अन्य वर्षको तुलनामा भने यसपालि उनलाई हेर्न आउने दर्शक कोरोना जोखिमका कारण कम भएको समाचारमा उल्लेख छ।
बलिउडका किङ खान सोमबार ५५ वर्ष पुगे। प्रत्येक वर्ष उनको जन्मदिनका अवसरमा मानिसहरु २ नोभेम्बरका दिन उनको घर मन्नतबाहर हजारौंको संख्यामा जम्मा भई शाहरुखलाई जन्मदिनको शुभकामना दिने गर्छन्। उनीहरु त्यति बेलासम्म शाहरुखको घरअगाडि उभिने गर्छन्, जबसम्म आप्mनो प्यारो अभिनेता शाहरुखले एक दर्शन दि“दैनन्। शाहरुख पनि आप्mनो घरको बालकोनीमा आएर दर्शकस“ग साक्षात्कार हुने गर्दछन्। तर, यस वर्ष कोरोना महामारीका कारण उनका थोरै प्mयानमात्र उनको घरअगाडि पुगेपछि मन्नत बाहिरको सडकमा सन्नाटा छाएको महसुस गरिएको समाचारमा चर्चा गरिएको छ।
यसका बाबजुद शाहरुखको घरअगाडि यस्ता प्mयान पनि पुगेका थिए, जसले एक दर्शन नपाई फर्किन नचाहेको उल्लेख गरेका छन्। शाहरुखले भने सामाजिक सञ्जालमार्पmत अपिल गरेका थिए– ‘म मानिसहरुलाई अपिल गर्छु कि उनीहरु यसपालि मन्नतबाहिर जम्मा नहोऊन्। मेरो जन्मदिन होस् या कहीं पनि। यसपालिको प्यार थोरै टाढाबाटै यार।’ यसका बाबजुद उनका केही प्mयान उनको घरअगाडि पुगेका थिए। शाहरुख लामो समयदेखि य२एईको दुबईमा छन्।

प्रतिक्रिया दिनुहोस्