मास्कवादी कमरेड



  • दीपक खनाल

कमरेड २४ सै क्यारेटका माक्सवादी हुन भन्नेमा मलाई कुनै सन्देह थिएन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन खूबै लडेभिडेका हुन् कमरेड । वर्ग सङ्घर्ष नगरी समाज परिवर्तन हुँदै ‌हुँदैन‌ भन्ने उनको चट्टानी अडान ‌देख्दा ईष्या लाग्दथ्यो । आत्मबल बढ्थ्यो । क्रान्तिको अन्तिम गन्तव्य साम्यवाद हो भन्दै कमरेडले क्लास दिँदै हिँडेको अस्तिजस्तो  लाग्छ ।

एक दिन को कुरा हो, विश्वभर कोरोना सङ्क्रमणको आतङ्क फैलिएपछिको बीच महिनातिरको कुरा ।त्यो दिन कमरेडले कोट(पाइन्ट लगाएका थिए, कोट-पाइन्टका सबै गोजीमा मास्क नै मास्क थियो, सानो झोला बोकेका थिए, त्यसमा पनि मास्क नै मास्क थियो । त्यो दिन कमरेड र म सँगै घर जाँदै थियौँ, बिच सडकमै प्रहरीका हाकिम भेट भए, ती हाकिमले पनि एक बण्डल मास्क दिए ।

मलाई पनि दिन के खोजेका थिए कमरेडले एक्कासी रोके ( हैन दिन पर्दैन उहाँलाई, हामी सँगै छौँ, बरू त्यो पनि मलाई दिनुस्, पत्रकारलाई धेरै के काम रु उहाँहरूलाई नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपालले दिइहाल्छ नि । कमरेडले हत्त न पत्त समाएर कोटभित्र घुसारे । मेरो पनि आफैँ समाए । हामीसँगै अघि बढ्यौं । प्रशिक्षण दिन थाले स् हेर्नुस् अबको हाम्रो एजेण्डा भनेकै कोरोना प्रशिक्षण हो, मास्क बितरण हो ।

अबको मार्गदर्शक सिद्धान्त मालेमावाद होइन, त्यो सिद्धान्त कोरोना‌ भाइरस(कोभिड-१९) हो, कार्यनीति ‌र कार्यक्रम मास्क बितरण हो । कोभिडको उत्पत्तिपछि हाम्रो हुलिया बदलिएको छ । त्यो बेलादेखि हामी माक्सवादीबाट मास्कवादी भएका छौँ । यो कसैको रहर, सनक र व्यक्तिगत महत्वकांक्षाले ल्याएको अदलबदल हैन, समयले दिएको नमीठो झड्का हो । तर चिन्ता नलिनु, नआत्तिनु स् माक्सवाद र मास्कवादमा खासै ‌भिन्नता छैन ।

माक्सवादीको धेरै रुप हुन्छ, मास्कवादीको जम्मा दुइटा रूप , मास्क लगाउँदा एउटा रूप नलगाउँदा अर्को रूप । यस्तो सानो कुरामा तनाव लिने होइन । हो नक्कली मान्छेलाई, चोर(डाँका, अनेक अपराधीलाई चाहिँ सजिलो हुने भयो, किनकि मास्क लगाउनपर्ने भएपछि उनीहरूको सक्कली रूप छोपिने भयो । के गर्नुहुन्छ त यो समयले नै उनीहरूलाई दिएको बोनस हो । फेरि हामीले चिन्ता लिएर पनि काम छैन क्या १ यो त प्रहरी( प्रशासनको पो चिन्ता हो । हामीलाई नोट र भोट भए भैहाल्यो नि ।

के गर्नुहुन्छ‌( विश्व परिवेश बदलियो । समय बलवान् हुँदोरहेछ । मैँले भनिसकेँस् अब हामी मार्क्सवादी हैन मास्कवादी हुने दिन आयो । समय नै परिवर्तनशील छ भने हाम्रो एकोहोरो अडानले केही लछारपाटो लगाउँदो रहेनछ । अब वर्ग सङ्घर्षका कुरा गरेर कामै छैन । समयअनुसार नाच्न नजाने डाइनासोर भइन्छ डाइनासोर । त्यसैले अबको दिन वर्ग समन्वयका लागि लाग्ने हो ।

कति वर्ग सङ्घर्ष भनिरहने भन्नोस् त रु जुनी जान‌ लागिसक्यो । परिवार कति चिहीलबिहील हुने रु के कम्युनिष्ट भन्दैमा सधैँ जोगी बन्नुपर्छ भन्ने छ र रु जोगीले पनि त‌ जसरी नि जीउनु परिरहेकै छ । हो अबको राजनीति भोटको हो । जजसले हामीलाई साथ-सहयोग गर्छन् तिनीहरूलाई आफ्नो बनाउने हो । के मतलब हामीलाई को दलाल हो,‌को तस्कर, माफिया, बिचौलिया, अपराधी हो रु यतिबेला हामीलाई मास्क र त्यो मास्क बाँडेपछि भोट भए पुग्छ बुझ्नुभो रु हामीलाई सुनौलो अवसर छ ।

हेर्नुहोला आगामी चुनावमा मास्क नबाँड्ने मान्छेले भोटै पाउँदैन । लाटोकोसेरो झैँ निदाएर बसिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई यो कुराको हेक्कै छैन, अत्तोपत्तो छैन । दूधभात हाम्रै थालमा छ । सरकार पनि हाम्रै सडकबाट सेवा पनि हाम्रै । त्यसैले मेरो अभियान नै मास्क जम्मा गर्ने हो । मलाई ठूला-ठूला व्यापारी, नेता, बिचौलिया, विदेशमा रहेका मित्रहरूले थुप्रै मास्क पठाइदिएका छन् ।

हैन पद र पावरमा पुगेपछि अनि तपाईँहरूले यस्सो मिडियामा नाम प्रचार गरिदिएपछि मान्छेहरूले झिँगालाई पनि हात्ती देख्दारहेछन् गाँठे । त्यसै खोज्दारहेछन्, फोन गर्ने र यो यो दिन्छु भन्ने त कति हो कति रु थाहा छ, अब बाँड्न पुग्ने भन्दा पनि धेरै मास्क भैसक्यो मसँग । तपाईँलाई थाहा छ म के गर्छु रु म मतदाताको गुणस्तर हेरेर बाँड्छु मास्क । अल्लि बुज्रुकलाई एन-नाइन्टी फाइभ बाँड्छु, एक लेयरका जति केही नबुझ्ने सर्वसाधारणलाई दिन्छु, धेरै नै छ, बाँकी‌ रहेका बेचेर चुनावी खर्च निकाल्छु ।

माइन्ड नगर्नु है मैले तपाईँलाई चैँ एउटै मास्क दिन सकिन । हेर्नुस् भोटको कुरा छ एउटा दुइटा मास्क घटे पनि मेरो भोट घट्छ । त्यसैले तपाईंलाई दिन सकिन । बरु ‌यस‌विषयमा अहिलेदेखि नै मेरो पक्षमा लबिङ ‌गर्नुहोला है । कोरोनाबारे मैँले दिएको प्रशिक्षण र मास्क बितरणको समाचार बनाएर प्रचार गरिदिनुहोला । सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर आदि) मा स्टाटस राखिदिनुहोला। सेयर, लिङ्क गर्न लगाउनुहोला । बरू एउटा युट्युब च्यानल बनाएर हाल्न पाए गज्जब हुन्थ्यो । चित्त नदुखाई यति चैँ गरिदिनुहोला । तपाईँको गुन कहिल्यै बिर्सन्न । तपाईँ(हामी त सँगै छौँ नि सधैँ । जितेर साँसद, मन्त्री बन्ने चान्स आए मेरो प्रेस‌ सल्लाहकार पक्का तपाईँ नै १

प्रतिक्रिया दिनुहोस्