मिसेस नेपालको आवेदन खुल्ला



इप्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल २०२० को आवेदन खुल्ला गरेको छ। ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो बर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ।

प्रतियोगिताका लागि आवेदन प्राप्त मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र मिसेस युनिभर्स २०१९ अनिला श्रेष्ठलगायत बिभिन्न ब्यक्तिबाट प्रशिक्षण प्रदान गरिने इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी गराए। २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए।

प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने मिसेस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।यसअघि मिसेस युनिभर्समा अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा र मिना घिमिरेले नेपालको प्रतिनिधित्व गरेका थिए। उनीहरु बिभिन्न अन्तराष्ट्रिय उपाधि समेत जित्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्