पर्खाइमा…



  • बबिता थापा

टिलपिल आँखा
विलिन सपनाहरू

अन्धकारको आगमनसँगै
लुटिएको छ आफैँबाट आफ्नै छायाँ

धर्ती झैँ फाटेको छ मुटु
गन्तव्यहीन राजनीतिक स्याँठ

लागिरहेको छ जताततै
त्यसैले त

अनिदो छु म हरेक रात
सुनौलो विहानीको पर्खाइमा

प्रतिक्रिया दिनुहोस्