सैनिक हेलिकप्टर आपसमा ठोक्किँदा कम्तिमा ९ को मृत्यु



काबुल, (एजेन्सी) ।

अफगानिस्तानको दक्षिणी हेल्मान्द प्रान्तमा घाइते सेना बोकेका दुइवटा हेलिकोप्टर एकआपसमा ठोकिँदा कम्तिमा नौ जना व्यक्तिको ज्यान गएको सैनिक सुत्रले जनाएको छ । मृत्यु हुने मध्ये केहि कुशल प्रशिक्षित एयर र्फो मिसनका सदस्य पनि रहेको बताइएको छ ।

नावा जिल्लामा बुधवार बिहान सवेरै भएको सो दुर्घटनाको कारण प्राविधिक त्रुटी हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । केहि दिन यता सो क्षेत्रमा तालिवान लडाकु समुह र अमेरिकी हवाई हमलाको सहयोग प्राप्त अफगान सरकारी फौज बिच भिडन्त हुँदै आएको छ ।

तालिवान लडाकुहरु आफुले पहिल्यै नियन्त्रणमा लिइ सकेको जिल्लाको लश्कर गह शहरको सिमानामा सघर्षरत रहेका छन् । सुरक्षित स्थानमा शरण लिनका लागि सर्वसाधारणहरु परिवार र बालबालिका सहित सो शहर छाड्दैछन् ।

अन्तर्राष्ट्रिय दातृ समुहहरुका अनुसार खुल्ला स्थानमा रात बिताउन बाध्य तिनीहरुको स्थिती निकै दयनिय रहहेको छ । अफगानिस्तान स्थित संयुक्त राष्ट्र संघिय निकायले ३५ हजार भन्दा बढि हेल्मान्दवासी विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्