स्थितिगत्यात्मक प्रगतिवाद परिचर्चाको चौथो भाग सम्पन्न



काठमाडौं ।

प्रगतिवादी युवा समाज नेपालको आयोजनामा समाज विकासको सिद्धान्त ‘स्थितिगत्यात्मक प्रगतिवाद’ को परिचर्चा श्रङ्खलाको चौथो भाग सम्पन्न भएको छ । कार्यक्रम असोज २४ गते शनिबारका दिन आयोजना गरिएको हो । युगद्रष्टा डा. निर्मलमणि अधिकारीद्वारा अभिनिर्मित ‘स्थितिगत्यात्मक प्रगतिवाद’ आयोजक संस्था प्रगतिवादी युवा समाज नेपालको मार्गनिर्देशक सिद्धान्त पनि हो ।

उक्त सिद्धान्तको परिचर्चा श्रङ्खलाको चौथो भागको वक्ता सहृदयता अन्तरराष्ट्रियका सल्लाहकार दुर्गा प्रसाद पोख्रेल र सहृदयता अन्तरराष्ट्रियको क्यानाडा संयोजक डिल्लीराम तिमिल्सिना रहनु भएको थियो । कार्यक्रममा आफ्नो धारणा राख्दै सहृदयता अन्तरराष्ट्रियको क्यानाडा संयोजक डिल्लीराम तिमिल्सिनाले स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तले समाजप्रति सबै समुदाय उत्तरदायी हुनुपर्छ भन्ने निर्देशन गरेको बताउनु भएको छ ।

यसले सबै जातजाती र समुदायलाई समेट्ने पनि उहाँ भनाई छ । संसारलाई एउटामात्र दृष्किोणले होइन, समग्र रुपमा हेरियो भने मात्र जिवन र जगत सही रुपमा बुझ्न सकिने तिमिल्सिनाले विचार राख्नु भएको छ । साथै, मानव मस्तिष्क हरेक समस्यालाई समाधान गर्न सक्षम रहेको भन्दै स्थितिगत्यात्मक प्रगतिवादले पनि हाल देखिएका समस्याहरु समाधान गर्दै भविष्यको मार्गनिर्देशन गर्ने उहाँको भनाई छ ।

यस्तै, अर्का वक्ता दुर्गा प्रसाद पोख्रेलले हाम्रा दर्शन तथा सिद्धान्तहरुलाई मुलधारमा ल्याउनुपर्नेमा जोड दिनु भएको छ । पोख्रलले हाम्रा धरोहरहरु को संरक्षण गर्दै अघि बढ्यौं भने भावि पुस्तालाई पनि मार्गदर्शन हुने भनाई प्रस्तुत गर्नु भएको छ ।

कौटिल्यले देखाएको जस्तो युगको स्थितिगत्यात्मक भएर पुनर्जागरण गर्नुपर्ने पोख्रलको भनाई छ । जीवनलाई सुखमय बनाउने ज्ञान हामीसँगै भएकाले, हाम्रा दर्शनहरुलाई अघि बनाउनुपर्नेमा पोख्रेलले जोड दिनु भएको छ ।

स्थितिगत्यात्मक प्रगतिवादको परिचर्चाको चौथो भागको अध्यक्षता प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले गर्नु भएको थियो । र कार्यक्रमको स्वागत मन्त्तव्य उत्तम गुरुङले गर्नु भएको कार्यक्रमको सहजकर्ताको भूमिका कोषाध्यक्ष एनिका राईले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्