हरिवंश दम्पतीलाई कोरोना संक्रमण



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सामान्य लक्षण देखिएकाले सोमबार पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको हो।

’हिजो मेरो र श्रीमती रमिलाको परीक्षण गरेका थियौं ्र हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो ्र हाम्रो स्वास्थ्य अवस्था सामान्य छ।’ –हरिवंशले भने।

हरिवंशले आफूहरुको सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन पनि अनुरोध गरेका छन्।

’यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाका कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं ्र कोरोना संक्रमण व्यापकरूपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा अवलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’ –हरिवंशको आग्रह छ।

सामाजिक सञ्जालमा शुभचिन्तकहरूले हरिवंश दम्पतीको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्