असोज ३० गतेदेखि नेपाल–भारत फ्रेन्चाइज सम्मेलन



काठमाडौं, (नेस)
नेपाल–भारत फ्रेन्चाइज एक्स्पो, अवार्ड तथा समिट असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म हुने भएको छ । नेपाली र भारतीय ब्रान्ड र आगन्तुकलाई एकै मञ्चमा जुटाएर एकअर्का देशबीच लगानी, प्रविधि एवम् व्यावसायिक मोडल आकर्षित गर्ने उद्देश्यले पहिलोपटक भर्चुअलका माध्यमबाट सो कार्यक्रम आयोजना हुन लागेको हो ।
सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डट कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको हो । कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध ब्रान्ड र अवलोकनकर्तालाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्रान्डले प्रदर्शनीमा भाग लिने छन् । दुई हजारभन्दा बढी लगानीकर्ताले फ्रेन्चाइज, डिलरसीप तथा अनुमतिपत्र लगायतमा व्यावसायिक अवसर खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने छन् ।
कोभिड–१९ का कारण यस वर्षको नेपाल–भारत फ्रान्चाइज एक्स्पो तथा सम्मेलन भर्चुअल माध्यमबाट आयोजना हुन लागेको हो । यो सम्मेलनलाई नेपाल–भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअप तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चको रूपमा हेरिएको छ । गत वर्ष नेपालमा भएको पहिलो एक्स्पोमा नेपालका १० र भारतका ५० ब्रान्डको सफल सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी उद्यमी व्यवसायीलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रममार्फत व्यावसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयांँ अवसर तथा नवीनतम सोचको आदान प्रदानमा महŒवपूर्ण उपलब्धि भएको थियो ।
फ्लिपकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्ट जस्ता प्रतिष्ठित ब्राण्डहरु सहित १ सयभन्दाबढी भारतीय सहित अन्तराष्ट्रिय ब्रान्डहरूले नेपाली बजारमा प्रवेश गरिसकेका छन् भने नेपालमै आफ्नो पहिचान बनाइसकेका स्वदेशी ब्रान्ड पनि विस्तार भइरहेका छन् । जस्ता कार्यक्रमले नेपालमा फ्रेन्चाइजको आकर्षणसहित उद्यमशीलतालाई बढावा दिनुका साथै हरेक वर्ष द्विपक्षीय सफलता आदान प्रदानमा समेत महत्वपूर्ण सहयोग पु¥याउंँदै आएको छ ।
कोभिडको महामारीका बाबजुद, उद्यमी व्यवसायीले ई–कमर्स तथा अन्य प्रविधिको अधिकतम उपयोगमार्फत व्यवसाय मोडल परिवर्तन गरी आफूलाई समयको मागअनुसार अगाडि बढाउन मद्दत गरिरहेका छन् । यस थ्रीडी भर्चुअल एक्स्पोले पनि उद्यमशीलताको सँेच राखि अगाडि बढ्न लागेको यूवा जमातलाई समयअनुसार अगाडि बढ्न र व्यावसायिक अवसरको खोजी गर्न सघाउने विश्वास गरिएको छ । समितिले अहिलेको समयमा सम्भावित लगानीकर्ता र साझेदारलाई प्रविधिका माध्यमबाट सुरक्षित रूपमा आ–आफ्नै घरमा रही एकै ठाउँमा जुटाउन सहयोग गर्नेछ । भर्चुअल एक्स्पोले व्यवसायी र विज्ञबीच आपसी सम्वाद, श्रव्य दृश्यका माध्यमबाट सवै तहका उद्यमीहरू, लगानीकतालाई भेट गराई व्यावसायिक अवसरको उत्खनन्, विश्वमा पछिल्लो व्यावसायिक अवस्थाका बारेमा जान्ने बुझ्ने अवसर समेत जुटाउने छ ।

प्रतिक्रिया दिनुहोस्