काठमाडौं ।
लागूऔषध (खैरो हेरोइन) मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको साविक वीरगञ्ज उपमहानगरपालिका–१८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ३९ वर्षीय असाव मियाँ रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई बुधबार काठमाडौं महानगरपालिका–१५ डल्लुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ परेको करिब १५ वर्षपछि उनलाई नियन्त्रणमा लिइएको हो।
मियाँ २०६९ वैशाख ५ गते पर्साको वीरगञ्ज उपमहानगरपालिकाबाट खैरो हेरोइनसहित पक्राउ परेका थिए। उनीविरुद्ध नेपाल सरकार वादी रहेको लागूऔषध (खैरो हेरोइन) मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते फैसला गर्दै १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।
अदालतबाट सजाय तोकिए पनि उनी फैसला कार्यान्वयन हुनुअघि फरार रहेका थिए।
पक्राउ परेका मियाँलाई अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्