कंगना जोकर !



बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतका लागि न्यायको माग गरिरहेकी बलिउड अभिनेत्री कंगना रनावत पछिल्लो समय आप्mनो परिवार तथा बाल्यकालका फोटोहरु सामाजिक सञ्जालमा शेयर गर्दै रमाइरहेकी छिन्।

यही क्रममा कंगनाले ट्विटरमा आप्mनो बाल्यकालको केही फोटो पोस्ट गर्दै सानो छँदा मानिसहरूले आफूमाथि कसरी मजाक उडाउँथे र ती मानिसलाई आफू ठूलो भएर आप्mनो सफलतामार्फत कसरी जवाफ दिइन् भन्ने कुरा लेखेकी छिन्।

उनले लेखेकी छिन्– ‘म सानो छँदा आफूलाई मोतीको मालाले सजाउने गर्थें। जाँघसम्म आउने लामो मोजा तथा हिल जुत्ता लगाउने गर्दथें। आप्mनो कपाल आफंै काटने गर्थें, मलाई देखेर गाउँका मानिस मजाक उडाउँदै खुब हास्ने गर्थे। उनीहरु मलाई जोकर भन्थे।’

उनले लेखेकी छिन्– ‘गाउँको जोकर भएर पनि मैले न्युयोर्क, पेरिस र लन्डन फेसन विकमा फस्ट रोमा उभिनेसम्म हिम्मत गरें।’ कंगनाले आफ्नो बाल्यकालको तस्वीरसहित फेसन शोमा पहिलो रोम उभिएको तथा सजिसजाउ स्थानमा क्यामेराको अगाडि पोज दिइरहेको फोटोसमेत राखेकी छिन्।

प्रतिक्रिया दिनुहोस्