भारतीय बजार खोज्दै शिवम् सिमेन्ट



काठमाडौं, (नेस)
‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ भन्ने नारासहित नेपाली बजारमा स्थापित भइसकेको शिवम् सिमेन्टले भारतीय बजार खोज्न थालेको छ । नेपालको चुनढुंगा उच्च गुणस्तरको भएकाले सिमेन्टले भारतीय बजारमा ब्रान्ड बनाउनेबारे छलफल भइरहेको कम्पनीले जनाएको छ ।
नेपालमा सिमेन्ट उद्योगको सम्भावना बढी देखेर विदेशी लगानी पनि आकर्षित भइरहेको छ । नेपाली शिवम् भारतीय बजारमा प्रवेश गर्ने हो भने त्यहाँ पनि यसले आफ्नो बजार हिस्सा जोगाउनेमा कुनै शंका नरहेको कम्पनीका अधिकारी बताउँछन् ।
नेपालका सिमेन्ट उद्योगहरूमध्ये शिवम् सिमेन्टले आश्चर्यजनक ढंगले फड्को मारेको छ । शिवम् सिमेन्टका एक अधिकारी भन्छन्– ‘शिवम्ले स्थापनाकालयताको समयमा नेपाली प्रयोगकर्ताबीच मूलरूपमा जुन विश्वसनीयता कमायो, त्यका कारण आज यो सिमेन्ट विदेश निर्यात गर्ने द्वारमा आइपुगेको छ । ’
सेवा होस् वा वस्तु, कुनै पनि व्यवसायी वा उद्योगीले निरन्तर गुणस्तरीय वस्तु वा सेवा प्रवाह गरिराख्छ भने बजारमा उसको हिस्सा अधिकारझैं स्थापित हुँदो रहेछ भन्ने एक उदाहरण शिवम् सिमेन्ट बनेको छ ।
शिवम् सिमेन्ट उद्योगले कम्पनीको तथ्यांक र सिमेन्ट उत्पादन प्रक्रिया, चुनढुंगाको गुणस्तर आदि प्रमाणका रूपमा पारदर्शी ढंगले प्रस्तुत गरेको छ ।

एनएस क्वालिटी अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

नेपालको अग्रणी सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एनएस क्वालिटी अर्वाड २०१९बाट प्रथम भई सम्मानित भएको छ ।
नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरूमध्ये खुला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट वस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित वस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको वस्तु उत्पादन र बिक्रीवितरण गर्ने उद्योगलाई सम्मान स्वरूप प्रदान गर्दै आइरहेको छ ।
एनएस क्वालिटी अवार्ड २०१९ सिमेन्ट जगत्मा पहिलोपटक शिवम् सिमेन्टलाई प्रदान गरिएको विभागले जनाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरको विशेष आथित्यता रहेको उक्त कार्यक्रमा अतिथिबाट उक्त अर्वाड शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्